आराम कसरी गर्ने: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 1: Line 1:
{{QRCode}} {{#widget:MP3|id={{filepath:Np010203.mp3}}}}
{{QRCode}} {{#widget:MP3|id={{filepath:Np010203.mp3}}}}
आराम गर्ने
आराम गर्ने



Latest revision as of 12:22, 23 February 2024

आराम गर्ने

थुप्रै महिलाहरू आफ्नो परिवारको लागि खाना पकाउन, पानी बोक्न र जीवन धान्‍न आवश्यक पर्ने इन्धन जम्मा गर्न कडा मेहनत गर्छन्। यदि महिलाले घर बाहिर पनि काम गर्छिन भने उनमा झनै दोब्बर बोझ पर्न जान्छ। उनले पूरै दिन कारखाना, अफिस वा खेतबारीमा काम गरेपछि घर फर्केर फेरि परिवारलाई हेरविचार गर्नुपर्ने हुन सक्छ। यी सबै गाह्रो कामहरूले गर्दा तिनलाई आराम गर्ने समय नपुग्‍न सक्छ र शक्ति प्राप्त गर्न प्रयाप्त खाना नहुन सक्छ। यसो भएमा तिनलाई अत्याधीक थकान महसुस हुनुका साथै कुपोषण हुन सक्छ अनि थुप्रै रोगहरू पनि लाग्‍न सक्छ।

त्यसैले घरमा महिलाको कामको बोझ कम गर्न परिवारका सदस्यहरूले पनि उक्त बोझलाई एक-अर्कामा बाँडन सक्छन्। खाना पकाउने, सरसफाइ गर्ने र इन्धन तथा पानी जम्मा गर्ने काममा अरू महिलाहरूले (एकसाथ वा पालैपालो) मदत दिएर बोझ हल्का गरिदिन सक्छन्। तिनले पैसा कमाउनको लागि काम गरून् वा नगरून् तिनलाई बच्चाको रेखदेख गर्न मदत चाहिन्छ। केही महिलाहरूले बच्चा हेर्ने प्राइभेट समूहको प्रबन्ध गर्छन्, यस प्रबन्धमा एक जना महिलाले बच्चाहरूको हेरबिचार गर्छिन् जसले गर्दा अरु महिलाहरूले आ-आफ्नो काम गरिरहन सक्छन्। यसरी बच्चा हेर्ने काम सबै महिलाहरूले आलो पालो गरेर गर्छन् अथवा बच्चाहरूको ख्याल गरिदिए बापत सबैले पैसा दिन्छन्।

यदि महिला गर्भवती छिन् भने तिनलाई झनै आरामको आवश्यकता पर्छ। तिनले आफुलाई किन आराम चाहिन्छ भनेर परिवारका सदस्यहरूलाई बताउन सक्छिन् अनि आफ्नो कामको बोझ हल्का गर्न थप मदत माग्‍न सक्छिन्।

व्यायाम

धेरैजसो महिलाहरूले आफ्नो दैनिक कामकुराहरू गर्दा नै शरीरको लागि पर्याप्त व्यायाम हुन्छ। तर काम गर्दा तिनी त्यति धेरै चलहल गर्नु पर्दैन भने हरेक दिन हिंड्ने वा जिउ तन्काउने प्रयास गर्नुपर्छ। चलहल गर्नु नपर्ने केही कामहरू जस्तै, पूरै दिन फ्याक्ट्री वा अफिसमा बस्‍ने काम वा उठिरहने काम आदि। चलहल गर्दा तिनको मुटु, फोक्सो र हड्डी बलियो हुन्छ। यदि तपाईं काम गर्दा घण्टौंसम्म बसिरहनु वा उठिरहनुपर्छ भने शारिरीक समस्याहरू भोग्‍नुपर्ने हुन्छ। कहिलेकाहीं समस्याहरू महिनौं वा वर्षौंपछि मात्र देखा पर्न सक्छ। यीमध्ये धेरैजसो समस्याहरूलाई पहिल्यै रोक्न सकिन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010203