यौनजन्य रोगको विषयमा के गर्न सकिन्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 8: Line 8:
* ''Audiopedia ID: np020318''
* ''Audiopedia ID: np020318''


  [[Category:नेपाली]] [[Category:यौन हिंसा]]
  [[Category:नेपाली]] [[Category:यौन हिंसा (np)]]

Latest revision as of 12:21, 23 February 2024

हिंसात्मक यौन सम्बन्धले गर्दा योनीको छाला च्यातिने भएकोले यौनजन्य रोग सजिलै सर्छ। बलात्कार गर्ने व्यक्तिलाई यौनजन्य रोग लागेको थियो भने तपाईंलाई पनि सर्छ। त्यस व्यक्तिलाई संक्रमण भएको थियो कि थिएन भनेर थाह पाउन नसक्ने भएकोले तपाईंलाई संक्रमण हुनदेखि जोगाउन र अरूलाई नसार्न तपाईंको उपचार गरिनुपर्छ। गोनिरिया, सिफिलिस र क्लेमाइडिया जस्ता यौनजन्य रोगहरूको औषधी खानुहोस् र यौनजन्य रोगको लक्षण छ कि, याद गर्नुहोस्। संक्रमण होस् वा नहोस् तपाईंले औषधी खानुपर्छ।

साथै एच.आइ.भि परीक्षण पनि गराउनुपर्छ। एच.आइ.भि धेरै फैलिएको इलाका हो भने आक्रमण भएको २४ देखि ७२ घण्टा भित्र एच.आइ.भि -बाट जोगाउने औषधी खानु बेस हुन्छ। ए.आर.टि अर्थात् एन्टिरेट्रोभाइरल थेरापी -मा दक्ष स्वास्थ्यकर्मीलाई देखाउनुहोस् र तपाईंको इलाकामा कुन औषधी खाने सुझाव दिइन्छ पत्ता लगाउनुहोस्। तपाईंले २८ दिनसम्म औषधी खानुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020318