खानेकुरासम्बन्धि केही हानीकारक सोचाइहरू के-के हुन्: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 22: Line 22:
* ''Audiopedia ID: np010413''
* ''Audiopedia ID: np010413''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:22, 23 February 2024

संसारका थुप्रै ठाउँमा महिला र खानेकुरासम्बन्धि केही प्रचलन र विश्‍वास हानीकारक भएको पाइएको छ। उदाहरणको लागि:

केटाहरूभन्दा केटीहरूलाई धेरै खानेकुरा चाहिंदैन।

केटाहरूलाई धेरै खानेकुरा चाहिन्छ भनेर कोही-कोही यस्तो विश्‍वास गर्छन्। तर यस्तो सोचाइ गलत हो! थुप्रै समाजमा पुरूषले जत्तिकै महिलाले पनि काम गर्छन् वा अझ धेरै गाह्रो काम गर्छन् र तिनीहरू पनि त्यत्ति नै स्वस्थ हुनु आवश्यक छ। स्वस्थ केटीहरू र बाल्यावश्थामा राम्रो खान पाएकाहरू पछि गएर स्वस्थ महिला हुन्छन् र तिनीहरूलाई स्कुल र काममा थोरै समस्या हुन्छ।

गर्भावस्थामा र स्तनपान गराउँदा महिलाले खानेकुरा खानु हुँदैन भन्‍ने कुरा सही होइन।

महिलाको जीवनको केही समयमा तिनीहरूले गेडागुडी, अण्डा, कुखुराको मासु, दूग्ध सामग्री, मासु, माछा, फलफुल वा तरकारी खानु हुँदैन भनेर केही समाजहरूमा विश्‍वास गरिन्छ। तिनीहरूले महिनावारी, गर्भावस्था र बच्चा जन्मिने बित्तिकै, स्तनपान गराउँदा वा महिनावारी रोकिंदा यस्ता खानेकुरा खानु हुँदैन भनेर सोच्छन्। तर महिलाहरूलाई यी सबै खानेकुराहरू चहिन्छ, विशेषगरि गर्भावस्था र स्तनपान गराउँदा। यस्ता खानेकुरा खाँदैनन् भने तिनीहरू कमजोर र बिरामी हुन सक्छन् र तिनीहरूको मृत्यु समेत हुन सक्छ।

महिलाले आफ्नो परिवारलाई पहिला खुवाउनुपर्छ र आफूचाहिं अन्तमा खानुपर्छ भन्‍ने सोचाइ पनि सही होइन। महिलाहरूलाई पहिला आफूले भन्दा परिवारलाई खुवाउनुपर्छ भनेर सिकाइएको हुन्छ। त्यसैले अन्तमा बाँकी रहेको खानेकुरा मात्र तिनले खान पाउँछिन् र प्रायजसो अरू परिवारका सदस्यले जतिको खान पाउँदैनिन्। यस्तो भएमा उनी कहिल्यै स्वस्थ हुँदैनिन्। महिला गर्भवती छिन् वा तिनको भर्खरै बच्चा जन्मेको छ भने यस्तो अवस्था झनै खतरनाक हुन सक्छ। यदि परिवारले महिलालाई प्रशस्त खानेकुराको प्रबन्ध गर्न मदत गर्दैनन् भने तिनीहरूले प्रशस्त खानेकुरा पाउन के गर्न सक्छन् भनेर हामी बताउँछौं र तिनलाई त्यसो गर्न प्रोत्साहन दिन्छौं। तिनले पकाउँदै गर्दा खान सक्छिन् वा आफ्नो लागि खाना लुकाएर राख्‍न सक्छिन् र आफ्नो श्रीमान् घरमा नहुँदा निकालेर खान सक्छिन्। स्वस्थ व्यक्तिलाई भन्दा बिरामीलाई थोरै खानेकुरा भए पुग्छ भन्‍ने कुरा पनि सही होइन।

स्वस्थकर खानेकुराले रोगहरू लाग्‍नबाट बचाउने मात्र नभई यसले बिरामीलाई रोगसित लड्न र फेरि स्वस्थ हुन पनि मदत गर्छ। मानिस स्वस्थ रहँदा जस्तो खानेकुरा खाँदा राम्रो हुन्छ, बिरामी हुँदा पनि त्यस्तै खानेकुरा खाँदा राम्रो हुन्छ। यो सामान्य नियम हो।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010413