मलेरिया अर्थात औलो भनेको के हो: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 8: Line 8:
* ''Audiopedia ID: np011702''
* ''Audiopedia ID: np011702''


  [[Category:नेपाली]] [[Category:मलेरिया]]
  [[Category:नेपाली]] [[Category:मलेरिया (np)]]

Latest revision as of 12:21, 23 February 2024

मलेरिया, लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो। मलेरिया संसारको थुप्रै ठाउँहरूमा पाइएको छ। अफ्रिकाको उप-सहारा क्षेत्रमा यही रोगको कारण थुप्रै बिरामी हुने र धेरैको मृत्यु हुने गर्छ र यसले बच्चाहरूको वृद्धि र विकासमा असर पुर्‍याउँछ। यस क्षेत्रमा मलेरियाको कारण हरेक ३० सेकेन्डमा एक जना बच्चाको मृत्यु हुन्छ भनेर अनुमान गरिएको छ।

मलेरिया एक प्रकारको एनोफेलेस (पोथी लामखुट्टे) लामखुट्टेको टोकाईबाट फैलिन्छ। यो लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा मलेरिया जिवाणुहरू, प्लाज्मोडियम (एक कोषिय जिवको जिन) सार्ने गर्दछ। यसले गर्दा धेरै ज्वरो आउने, पखाला लाग्‍ने, वान्ता हुने, टाउको दुख्‍ने, जाडो महसुस हुने र रुघा-खोकी लाग्‍ने हुन्छ। विशेषगरि बच्चाहरूमा यो रोग चाँडै बढ्ने र तिनीहरू कोमामा जाने सम्भावना हुन्छ र तिनीहरूको मृत्‍यु समेत हुन सक्छ। पाँच वर्ष मुनिका बच्चाहरूलाई यो रोग फैलिने सम्भावना धेरै हुन्छ, किनभने तिनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकास भइसकेको हुँदैन।

Sources