थुप्रै बलात्कारका शिकार भएका महिलाहरूले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई चिन्छन्। यदि तिनले उक्त पुरूषसित उठबस गरिहनुपर्छ भने आफू बलात्कार भएको अवस्थाबाट निको हुन र यसबारे अरूलाई बताउन पनि धेरै गाह्रो हुन सक्छ।
श्रीमान् वा पहिलाको श्रीमान्बाट बलात्कार
कानुन वा परम्परामा महिलालाई श्रीमान्को सम्पत्ति ठानिन्छ भने श्रीमतीले यौन सम्बन्ध राख्न नचाहे तापनि, श्रीमानले चाहेको बेलामा यौन सम्बन्ध राख्न पाउनु आफ्नो अधिकार हो भनेर श्रीमानले सोच्न सक्छ।
महिला आफ्नो केटा साथीबाट बलात्कृत हुन सक्छिन्।
केटा साथीले तिनको लागि पैसा खर्च गरेकोले, वा पहिल्यै यौन सम्बन्ध राखिसकेकोले, वा महिलाले यौन सम्बन्ध राख्न खोजेको तरिकामा जिस्क्याएकोले वा विवाहको प्रस्ताव गरिसकेकोले आफूसित यौन सम्बन्ध राख्ने अधिकार छ भनेर सोच्न सक्छ। तर तिनले महिलालाई जबरजस्ती गर्छन् भने यो बलात्कार
गरेकै ठहरिन्छ। यस्तो प्रकारको बलात्कारबारे अरुसित कुरा गर्दा, उल्टै अरूले आफूलाई दोष देलान भन्ने डरले, तिनलाई अरुसित कुरा गर्न गाह्रो हुन सक्छ।
यौन उत्पीडन
कुनै महिलालाई तिनको मालिक, सहकर्मी वा सुपरभाइजरले काम वा जागिर गुमाउने डर देखाएर, जबरजस्ती यौन सम्बन्ध राख्न सक्छ। यदि तिनले कसैलाई यसबारे बताएमा, जागिरबाट निकालिने वा अरू सजाय पाउने धम्की दिन सक्छन्।
बच्चाहरूलाई यौन दुर्व्यवहार
परिवारको पुरूष वा अरू वयश्क व्यक्तिद्वारा साना केटी वा केटा बलात्कृत हुन सक्छन्। यदि बुबा, सौतेनी बुबा, काका वा मामा, दाइ वा भाइ, भतिज वा अरू परिवारका सदस्यले बच्चासित यौन सम्बन्ध राख्छ वा तिनलाई यौन सम्बन्ध राख्न चाहेको तरिकामा छुन्छन् भने त्यो बलात्कार हो। विशेषगरि चिनेका व्यक्तिले यौन दुर्व्यवहार गर्दा बच्चाहरूले आफूलाई के भइरहेको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। परिवारका अरू सदस्यलाई यसबारे थाह नहुन सक्छ वा तिनीहरूले इन्कार गर्न सक्छन् वा बच्चाकै गल्ती हो भनेर पनि भन्न सक्छन्। बलात्कारका शिकार भएकाहरूलाई कहिल्यै दोष दिन मिल्दैन अझ विशेषगरि तिनी केटाकेटी हुन् भने।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.