हर्मोनको प्रयोगद्वारा गरिने परिवार नियोजनको विधिले गसरी काम गर्छ

From Audiopedia
Jump to: navigation, search

यस्ता विधिहरूमा एस्ट्रोजेन र प्रोजेस्टिन भनिने हर्मोनहरू प्रयोग गरिन्छ, जुन महिलाहरूको आफ्नै शिरिरले पैदा गर्ने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरू जस्तै हुन्छन्।

यी हर्मोन प्रयोग गरिने विधिमा:
  • हरेक दिन महिलाहरूले खाने चक्कीहरू पर्छन्।
  • हरेक केही महिनाहरूमा लगाइने सुईहरू पर्छन्।
  • महिलाहरूको पाखुरामा राखिने हर्मोन पनि पर्छ जुन केही वर्षसम्म चल्छ।

कुनै पनि महिलाले पुरुषलाई थाहै नदिइ यस्ता हर्मोनहरूको विधिहरू अपनाउन सक्छिन्।

महत्त्वपूर्ण! यी हर्मोन प्रयोग गरिने विधिहरू अपनाएर यौनजन्य रोगहरू वा एच.आइ.भि-बाट जोगिन सकिदैन।

हर्मोन प्रयोग गरिने विधिहरू अपनाइँदा महिलाको अण्डाशयले अण्डा पैदा गर्न देखि रोक्छ। यो हर्मोनले पाठेघरको मुखमा बाक्लो थुक जस्तो चिज निकाल्छ जसले गर्दा शुक्रकिटलाई पाठेघर भित्र छिर्न दिंदैन।

धेरै जसो गर्भनिरोधक चक्की र सुईमा एस्ट्रोजेन र प्रोजेस्टिन दुवै हर्मोनहरू राखिएको हुन्छ। यसलाई संयुक्त चक्की वा सुई भनिन्छ। यी दुवै हर्मोनहरूले एक साथ उत्कृष्‍ट तरिकामा काम गरेर गर्भधारण हुन दिंदैन। तैपनि केही महिलाहरूले स्तनपान गराइरहेको कारण वा स्वास्थ्य समस्या भएको कारणले गर्दा यस्ता चक्कीहरू वा सुईहरू प्रयोग गर्दैनन्।

प्रोजेस्टिन चक्की (सानो चक्की पनि भनिन्छ), शरिर भित्र राखिने हर्मोन र केही सुईहरूमा प्रोजेस्टिन भनिने हर्मोन मात्र राखिएको हुन्छ। त्यसैले एस्ट्रोजेन प्रयोग नगर्ने वा स्तनपान गराइरहेका महिलाहरूको लागि संयुक्त चक्की वा सुई भन्दा यी विधिहरू अपनाउँनु सुरक्षित हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020418