स्तनपान गराउनु सबैभन्दा पुरानो र स्वस्थकर चलन हो। तर संसार परिवर्तन सँगै महिलाहरूलाई पनि कहिलेकाहीं आफ्नो बच्चालाई स्तनपान गराउनको लागि जानकारी र मदत आवश्यक पर्छ।
स्तनपान महत्त्वपूर्ण छ। किनभने:
बच्चा स्वस्थ र बलियो रहन मदत गर्ने सबैभन्दा राम्रो खाना नै आमाको दूध हो।
स्तनपानले बच्चाको जन्मपछि हुने पाठेघरको रक्त्श्राव रोक्न मदत गर्छ।
आमाको दूधले बच्चालाई मधुमेह, क्यान्सर, झाडापखाला र निमोनिया रोग र संक्रमणहरूबाट जोगाउँछ। रोगविरूद्ध लड्ने आमाको शक्ति दूधमार्फत बच्चामा पनि सर्छ।
स्तनपानले आमालाई पनि क्यान्सर र कमजोर हड्डी हुने (ओस्टियोपोरोसिस) जस्ता रोगहरूबाट जोगाउँछ।
आमाले बच्चालाई स्तनपान गराउँदा दूध सधैं सफा, पिलाउन तयार र सही तापक्रममा हुन्छ।
स्तनपानले आमा र बच्चाको सम्बन्ध नजिक र बलियो बनाउँछ।
आमाले बच्चालाई अरू केही खानेकुरा नदिई दूध मात्र पिलाउँछिन् भने तिनी तुरून्तै फेरि गर्भवती हुँदिनन्।
स्तनपान गराउन पैसा पनि लाग्दैन।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.