सिसाको विषाक्तले कसरी स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ

From Audiopedia
Jump to: navigation, search

सामान्यतया प्रयोग गरिने सामाग्रीहरू जस्तै, भाँडाहरूमा, रङ्गमा, इन्धनमा र ब्याट्रीहरूमा सिसा जस्तो विषाक्त पदार्थ प्रयोग गरिएको हुन्छ। टल्किने सिसाको लेप लगाइएको भाँडामा खानेकुरा खाँदा थोरै मात्रामा समेत सिसाको विषाक्त शरीर भित्र पस्यो भने सिसाको विषले हानी पुर्‍याउन सक्छ। सास फेर्दा सिसाको कणहरू वा सिसा मिसाइएको इन्धनको गन्ध वा धुवाँले पनि हानी गर्न सक्छ।

विशेषगरि शिशुहरू र साना बच्चाहरूको लागि सिसा हानिकारक छ। यसले गर्दा बच्चा जन्मिदा कम वजन हुने, राम्ररी विकास नहुने, मस्तिष्कमा क्षति (सधैंको लागि क्षति हुन सक्छ) पुग्‍नुका साथै मृत्यु समेत हुन सक्छ। त्यसैले गर्भावस्थाको बेला सिसा प्रयोग गरेर गर्नुपर्ने कामहरू नगर्नु निकै महत्त्वपूर्ण छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030115