सासु-ससुरासित कस्ता कुरामा विवाद हुन सक्छ
थुप्रै देशहरूमा महिलाले विवाहपछि आफ्नो जन्मदिने परिवार छोडेर श्रीमान्को परिवारसित बसेको आशा गरिन्छ। थुप्रै जवान किशोरीहरूका लागि यस्तो विछोड पीडादायी हुन्छ, किनभने तिनीहरूले आफ्ना बुबाआमा र दाजुभाइ दिदीबहिनीको कमी महसुस गर्छन् अनि साथै एक्लो भएको, पतिको परिवारमा छुट्याइएको र मदत नपाएको महसुस पनि गर्छिन्।
गरिबी र प्रचलनको कारणले गर्दा विकासोन्मुख देशहरूमा संयुक्त परिवार एकै छानोमुनी बस्नुपर्ने हुन्छ, यसको मतलब जवान विवाहित दम्पतिहरू परम्परा र चलनअनुसार बुबाआमा र बाजेबज्यैसित बस्न बाध्य हुन्छन्।
यस्ता परिस्थितिहरूमा सासु-ससुराले जवान महिलाको जीवन गाह्रो बनाइदिन् सक्छन् र श्रीमान्-श्रीमतीको वैवाहिक जीवनमा हत्क्षेप गर्न सक्छन्। केही अनुभव गरिएका हस्तक्षेपका उदाहरणहरू निम्न प्रकारका छन्:
तिनको अपमान गरेर वा छड्के हानेर घोचपेच गरेर
आक्रमण गरेर
खानेकुरा नदिएर वा भोकै राखेर
घर बाहिर जान र अरूलाई भेट्न नदिएर
आफ्नो बुबाआमाको घर जान नदिएर
आफ्नो बुबाआमाको घरबाट आएका पाहुनाहरूसित कुरा गर्न नदिएर
आफ्नो छोराछोरीलाई तिनबाट टाढा राखेर