सामान्यतया म कसरी मलेरियाको रोकथाम गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

मलेरिया केही प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। कीट्नाशक राखिएको झुलभित्र सुत्‍नु लामखुट्टेको टोकाइबाट बच्‍ने सबैभन्दा राम्रो उपाय हो।

समाज वा टोलका सबै सदस्यहरू लामखुट्टेको टोकाइबाट बच्‍नुपर्छ, विशेषगरि बालबालिका तथा गर्भवती महिला यसबाट बच्‍नु पर्छ। सूर्यास्तपछि र सूर्योदयअघि मलेरिया फैलाउने लामखुट्टेले टोक्ने भएकोले यस समयमा सुरक्षा अपनाउनुपर्छ।

कीट्नाशक राखिएको झुल कम्तीमा पनि तीन वर्षसम्म टिक्छ र यसमा फेरि कीट्नाशक हालिरहनु आवश्यक पर्दैन। यस्तो प्रकारको झुल मलेरिया नियन्त्रण गर्ने कार्यक्रम मार्फत, स्वास्थ्य चौकी वा बाल स्वास्थ्य दिवसमा वा एकीकृत अभियान मार्फत प्राप्त गर्न सकिन्छ। विशेषगरि गर्भवती महिला र बच्चाहरूको लागि प्रयोग गर्ने झुल निःशुल्क वितरण गरिन्छ। तिनीहरूले यस्तो झुल प्रायजसो बजारमा वा विशेषगरि, शहरी क्षेत्रमा उपलब्ध सामाजिक मार्केटिङ कार्यक्रमद्वारा पनि खरिद गर्न सक्छन्। कुनै-कुनै ठाउँमा कीट्नाशक नहालिएको झुल अझै प्रयोग हुँदैछ भने प्रशिक्षित स्वास्थ्यकर्मीले सुरक्षित तरिकामा कीटनाशक राख्‍ने बिषयमा सल्लाह दिन सक्छन्।

कीट्नाशक राखिएको झुल वर्षभरि अर्थात् सुक्खा मौसममा कम लामखुट्टे आउने समयमा पनि प्रयोग गर्नुपर्छ।

केही देशहरूमा घरहरूको भित्तामा बसिरहेका लामखुट्टे मार्न लामो समय टिक्‍ने कीट्नाशक छर्किने कार्यक्रम सञ्‍चालन गरिन्छ। समाज वा टोलले सबै घरहरूमा किट्नाशक छर्केको कुरा पक्का गर्नको लागि सँगै मिलेर काम गर्नुपर्छ।

कीट्नाशक हालिएको लामखुट्टेको झूल प्रयोग गर्नुका साथै, उक्त झुल उपलब्ध नभएमा वा प्रयोग नगरिएमा अरु उपायहरू पनि अपनाउन सकिन्छ। तर लामखुट्टेको झुल प्रयोग गरेको जतिको अरू प्रभावकारी हुँदैन:

  • ढोका र झ्यालमा सिसा राख्‍ने; यो तरिका धेरै जसो शहरी क्षेत्रमा अपनाइए तापनि गाउँको परम्परागत तरिकामा बनाइएको घरमा त्यति प्रभावकारी हुँदैन।
  • लामखुट्टे भगाउन प्रयोग गरिने धुप; यस्तो धुपको प्रयोग गर्दा लामखुट्टै भगाउन सकिन्छ, तर मार्न सकिदैन। त्यसैले यो तरिका त्यति प्रभावाकारी हुँदैन।
  • हात-खुट्टा पूरै छोपिने लुगा लगाउने (लामो बाहुला भएको र लामो ट्राउजर वा स्कर्ट); मलेरिया फैलाउने लामखुट्टे धेरै सक्रिय हुने समय बेलुकादेखि बिहानसम्म यस्तो लुगा लगाउँदा लामखुट्टेले त्यत्ति टोक्न पाउँदैन।


Sources