साना बच्चाहरूका लागि सबैभन्दा राम्रो खानेकुरा के हो ६ महिनाभन्दा माथि उमेरका

From Audiopedia
Jump to: navigation, search

साना बच्चाहरूका लागि केही पोषणयुक्त खानेकुरा निम्‍न छन्:


  • धेरैजसो खाने खानेकुरा, जसमा यी अन्‍नहरू पर्छन् (भात, गहुँ, मकै, कोदो, किनोवा), जराहरू (कसावा, तरूल, आलु ) र माड भएका फलफुलहरू (केरा र कटहर)।
  • प्रोटिनयुक्त खानेकुरा जस्तै: रातो मासु, कुखुराको मासु, माछा, कलेजो र अण्डा (जति धेरै दिइयो त्यत्ति राम्रो हुन्छ)।
  • दुग्ध सामग्रीहरू जस्तै, चीज, दही, र पाउडर दुध (अरू खानेकुरासित मिसाउन मिल्ने, जस्तै पकाएको परिज)। यी कुराहरू स्तनपान गरिरहेका शिशुको जीवनको दोस्रो ६ महिनामा खुवाउनु धेरै राम्रो हो। काँचो दुध बच्चाले पचाउन सक्दैन, त्यसैले माथि दिइएका दुग्ध सामग्री तिनको लागि धेरै राम्रो हुन्छ।
  • हरियो पात र सुन्तला रङ्गका तरकारीहरू, जस्तै: पालुङ्गो, ब्रोकाउली, चाइनिज साग, गाजर, फर्सी र सखर-खण्ड (यसमा धेरै भिटामिन हुन्छ)।
  • गेडागुडीहरू जस्तै: सेतो चना, दाल, बोडी, राजमा र लिमा गेडागुडी (विभिन्‍न प्रकारको खानेकुरा होस् भनेर अनि पर्याप्त प्रोटिन, शक्ति र आइरन प्रदान गर्नको लागि)
  • तेलहरू, जस्तै: तोरी, सोयाबिन र रातो ताडिको तेल, बटर वा मार्जरिन।
  • बियाँहरू, बदामको पेस्ट अर्थात् लेदो, अरू काष्‍ठफल पेलेर बनाइएको लेदो र भिजाएर वा टुसा पलाएको बियाँहरू, जस्तै: फर्सी, सूर्यमूखी फूल, खरभुजा वा तिलको बियाँहरू (शक्ति र केही भिटामिनहरू प्राप्त गर्नको लागि)।
  • माछा-मासु नभएको खानाबाट साना बच्चाहरूलाई चाहिने पोषणतत्त्व प्रदान गर्न गाह्रो हुन्छ। किनभने जनावरको मासुमा आइरन जस्तो अत्यावश्यक पोषणतत्त्व पाइन्छ। कुनै बच्चाले माछा-मासु खाँदैनन् भने तिनलाई थप मल्टिपल भिटामिनको ट्याब्लेट वा पाउडरको रूपमा, वा भिटामिन थपिएको पाउरोटीमा दल्ने वा पोषणयुक्त थप खानेकुरा खुवाउनुपर्छ।
  • बिरूवाबाट पाइने आइरन मानिसको शरीरले राम्ररी लिन सक्दैन। तर, गेडागुडीहरू (सेतो गेडागुडी, सेतो चना, दाल) मा धेरै आइरन हुन्छ। यी खानेकुराहरू प्रशस्त भिटामिन सि भएका खानेकुरा जस्तै, सुन्तला र अमिलो फलफुल र जुस सँगै खाइयो भने मानिसको शरीरले राम्ररी आइरन सोस्‍न सक्छ।


Sources