सरसफाइ गर्नाले किटाणुहरू कसरी फैलिन पाउँदैनन् - Audiopedia
किटाणुहरू फैलिन नदिन र बिरामी हुनबाट बच्नको लागि समाज अथवा टोल सफा (स्वच्छ) राख्नु, घर सफा राख्नु र व्यक्तिगत रुपमा पनि सफा रहनु महत्त्वपूर्ण छ।
उदाहरणको लागि:
- परजीवी संक्रमित व्यक्तिले बाहिर झाडापखाला गर्छ।
- सुङ्गुरले उक्त मानिसको दिशा खान्छ।
- त्यही व्यक्तिको कुनै बच्चा सुङ्गुरसित खेल्छ र उक्त बच्चाको
जिउमा दिशा लाग्छ।
- केही समय पछि उक्त बच्चा रुन थाल्छ र उसको आमाले आफ्नो
स्कर्ट वा लुगाले बच्चाको फोहोर सफा गरिदिन्छिन्। उनको हातमा पनि दिशा
लाग्छ।
- ती आमा निकै व्यस्त भएकोले, आफ्नो हातै नधोइ खाना पकाउन थाल्छिन्। हात
नोपोलोस भनेर आफ्नो स्कर्ट वा लुगा प्रयोग गर्छिन्, लुगा फोहोर छ भन्ने कुरा
भुसुक्कै बिर्सिहाल्छिन्।
- परिवारका सबैले खाना खान्छन्। केही बेरपछि सबैलाई पखाला लाग्छ।
यदि यस परिवारले यीमध्ये कुनै पनि सावधानी अपनाएको भए यस्तो बिमारीलाई रोक्न सकिन्थ्यो:
- उक्त व्यक्तिले दिशा गर्न शौचालय प्रयोग गरेको भए।
- सुङ्गुरलाई छाडा नछोडेको भए।
- यदि आमाले बच्चाको हात पुछिदिन आफ्नो स्कर्ट वा लुगा प्रयोग नगरेको भए
अनि त्यसपछि खानेकुरा नछोएको भए।
- यदि आमाले आफ्नो बच्चालाई छोएपछि र खाना पकाउनुअघि आफ्नो हात
धोएको भए।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010105