थुप्रै सामान्य स्वास्थ्य समस्याहरूलाई समाज वा टोलमार्फत प्रभावकारी तरिकामा समाधान गर्न सकिन्छ। स्वच्छता कायम गर्न समाज वा टोलले सँगै मिलेर काम गर्दा सबैलाई फाइदा पुग्छ। उदाहरणको लागि:
पिउन र खाना पकाउन प्रयोग गरिने सफा पानीको स्रोत विकास गरेर।
सुरक्षित तरिकामा फोहरको व्यवस्थापन गरेर।
नुहाउने वा लुगा धुने ठाउँ वरपर र खाल्टोमा जमेको पानी, टायरमा र ठूलो
बाक्सा अथवा कन्टेनरमा जमेको पानीलाई निकास गरेर।
समाज वा टोलमा शौचालय निर्माणको व्यवस्था गरेर।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.