शौचालय कसरी बनाउन सकिन्छ
From Audiopedia
लगभग आधा मिटर चौडाइ, डेढ मिटर लम्बाइ र तीन मिटर गहिराइको खाल्टो खन्नुहोस्।
खाल्टोमाथि लगभग २० सेन्टिमिटर लम्बाई र ३० सेन्टिमिटर चौडाइ बराबरको प्वाल बनाएर उक्त प्वाल बाहेक सबै भाग छोप्नुहोस्। निर्माण सामाग्रीहरू प्रयोग गरेर ओत लाग्ने छानो बनाउनुहोस्।
सुरक्षित हुनको लागि शौचालय देखि घर, इनार, पानीको मुहान, नदी वा खोला सम्मको दुरी कम्तीमा २० मिटर हुनुपर्छ। यदि मानिसहरू नजिकै पानी लिन जान्छन् भने उक्त ठाउँबाट शौचालयको सतह तलतिर हुनुपर्छ।
दिशा गरिसकेपछि शौचालयको प्वालमा अलिकति चुना, माटो वा खरानी हालिदिनुहोस्। यसले गर्दा दुर्गन्ध कम हुन्छ र झिंगा आउन पाउँदैन।