शिल्पकलाबाट निम्तिने स्वास्थ्य समस्या कसरी रोकथाम गर्न सकिन्छ
माटोको भाँडा बनाउँदा: राम्ररी हावा पास हुनको लागि झ्यालहरू खोल्नुहोस्। बत्ती छ भने फ्यान चलाएर भित्रको हावा बाहिर फ्याँक्नुहोस्। धुलो फोक्सोमा नजाओस् भनेर मास्क लगाउने गर्नुहोस्।
माटोको भाँडामा रङ्ग लगाउँदा: 'सिसाबाट लाग्ने विष' हेर्नुहोस्।
सिलाइ गर्दा, बुट्टा भर्दा, बुन्दा, लेस बनाउदा, तान चलाउँदा: सम्भव छ भने काम गर्ने ठाउँमा उज्यालो बनाउनुहोस् र बेला-बेलामा आराम गर्नुहोस्। 'लामो समय बसिरहने वा उठिरहने' र 'एकै प्रकारको चलहल गर्नुपर्ने काम' हेर्नुहोस्।
ऊन र कपास चलाएर काम गर्दा: हावा आवत-जावत हुने वातावरण तयार पार्नुहोस् र फाइबर छिर्न नसक्ने मास्क लगाउनुहोस्।
रङ्ग लगाउँदा र कपडामा डाइ गर्दा: 'रसायनीक पदार्थसित काम गर्ने' -मा रोकथामको विषयमा दिइएका जानकारी हेर्नुहोस्।
साबुन बनाउँदा: हात सुरक्षित राख्नको लागि पञ्जा लगाउनुहोस् र लाइ जस्तो रसायनीक पदार्थबाट टाढा रहनुहोस्।