विवाह गरेर बेचिनदेखि वा काम गर्न पठाइनदेखि म कसरी जोगिन सक्छु

From Audiopedia
Jump to: navigation, search

कहिलेकाहीं कुनै गरिब परिवारले आफ्नो ऋृण चुक्ता गर्न आफ्नो जवान छोरीलाई उमेर धेरै भएका व्यक्तिलाई दिन सक्छन्। वा पैसाको लागि वा परिवारलाई चाहिने कुनै कुराको लागि तिनलाई बेचिदिन सक्छन्।

कहिलेकाहीं केटीहरूलाई अर्कै गाउँ वा शहरमा लगिन सक्छ। तिनीहरूले आफू कुनै फ्याक्ट्रीमा वा कसैको घरमा काम गर्न जाँदै छु भनेर सोच्‍न सक्छन्। तर प्रायजसो तिनीहरूलाई पैसाको लागि यौन सम्बन्ध राख्‍ने दबाब दिइन्छ।

तपाईं वा तपाईंको समाजका अरू कुनै किशोरीलाई विवाहमा बेचिंदै छ वा काम गर्न टाढा पठाइँदै छ भनेर शङ्‍का लागेमा अन्य वयश्क व्यक्तिहरूको मदत लिनुहोस्। आफूभन्दा ठूला व्यक्तिहरू जस्तै, काका-काकी, मामा-माइजु वा शिक्षिकासित मदत लिन सक्नुहुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020818