वाक-वाक लाग्न नदिन के गर्न सक्छु वान्ता
हुन त यसलाई ‘बिहान हुने बिमारी’ भनिन्छ, तर गर्भावस्थाको दौडान दिनको जुनसुकै समयमा पनि वाक-वाक लाग्ने हुन सक्छ वा दिनभरि पनि यसो हुन सक्छ। गर्भावस्थाको तेस्रो वा चौथो महिनाको अन्तमा वाक-वाक लाग्न बन्द हुन्छ।
यसो हुन नदिन के गर्ने?
तीन पटक पिउनुहोस्।
नखानुहोस्।
कि भनेर सोध्नुहोस्।
रोटी वा थोरै भात वा परिज खाने प्रयास गर्नुहोस्।
महत्त्वपूर्ण कुरा: यदि खानेकुरा पेटमै नरहने गरि वान्ता हुन्छ वा तपाईंको वजन घट्दै छ भने स्वास्थ्यकर्मीलाई भेट्नुहोस्। पानीको कमी भएको यस्ता लक्षणहरू छन कि: प्यास लाग्ने, पिसाब थोरै आउने वा पटक्कै पिसाब नआउने, मुख सुख्खा हुने, उठ्दा रिङ्गटा लाग्ने, छाला नतन्किने (दुईटा औंलाले छाला तानेर छोड्दा तुरून्तै सामान्य अवस्थामा फर्कंदैन भने तपाईंमा पानीको कमी भएको छ)। यस्ता लक्षणहरू देखिन्छन् र वान्ता पनि हुँदै छ भने निलो नसामा वा मलाशयमा पानी राख्नुपर्ने हुन्छ। अनि उक्त व्यक्तिलाई तुरून्तै उपचार चाहिन्छ। पानीको मात्रा धेरै नै कमी भयो भने आकस्मिक अवस्था सृजना हुन सक्छ।