लिङ्ग योनीमा प्रवेश नगरी यौन सम्बन्ध राख्ने बारे मैले के थाह पाउनुपर्छ
From Audiopedia
गर्भधारण नहुने किसिमले यौन सम्बन्ध राख्ने विभिन्न तरिकाहरू छन्। मुखमैथुन (योन अङ्गलाई मुखमा राख्ने) र यौन स्पर्श (यौन अङ्ग वा शरीरको अरू भागमा छुने) जस्ता क्रियाकलाप पनि जो़डीले आनन्द लिन सक्ने यौन क्रियाकलाप हुन्। यस्ता क्रियाकलापले एच.आइ.भि र अरू यौनजन्य रोगहरू सर्ने खतरा कम हुन्छ। मलद्वारमैथुनले पनि गर्भधारण हुँदैन। तर यस्ता क्रियाकलापले एच.आइ.भि र अरू यौनजन्य रोग भने सजिलै सर्न सक्छ।
यौन सम्पर्क नगर्नु (पुरूषको लिङ्ग महिलाको योनीमा प्रवेश गराउनु) नै गर्भधारण नहुने सबैभन्दा सुरक्षित तरिका हो। तर यस्तो कुराबाट लामो समयसम्म वञ्चित हुनु गाह्रो हुन सक्छ।