ब्रेकमा अर्थात् चिया-खाजाको समयमा छोटो समय, छिटो डुल्ने गर्नुहोस्। कोठाभित्र यताउती हिंड्नुहोस् वा हरेक घण्टा कमसेकम आफ्न शरीर तन्काउनुहोस्।
सम्भव छ भने मोजा वा खुट्टा नसुनिने मोजा लगाउनुहोस्। यी मोजाहरू घुँडा माथिसम्म आउनुपर्छ।
तपाईंलाई कडा वा दुखेको कुप्रो परेको जस्तो महसुस भएमा तल दिइएका व्यायाम गर्नुहोस्। बिस्तारै र गहिरो सास लिंदै यी व्यायाम दुई देखि तीन पटक दोहर्याउनुहोस्:
टाउको बिस्तारै घुमाउँदै गोलाकार बनाउनुहोस्।
काँधलाई माथि र तल गर्नुहोस्, अगाडितिर र पछाडितिर घुमाउनुहोस् र काँधको दुवै पाता पछाडितिर लानुहोस्।
आफ्नो ढाडलाई सीधा राखेर, हिप देखि माथि मुख साइडमा मोड्नुहोस्। तपाईंले माथिल्लो र तल्लो ढाडमा आराम महसुस गर्नुहुनेछ।
तपाईं काममा लामो समय बस्नुहुन्छ भने:
ढाड सीधा राखेर मेचमा बस्नुहोस् -- टाउको, गर्दन र काँध सीधा हुनुपर्छ। यदि आराम महसुस हुन्छ भने केही कपडा बेरेर वा तकिया तपाईंको तल्लो ढाडको पछाडि सपोर्टको लागि राख्न सक्नुहुन्छ।
आवश्यक छ भने राम्रो अवस्थामा काम गर्न तपाईको मेच वा टेबुलको उँचाइ मिलाउनुहोस्। तकियामा बसेर हेर्नुहोस् वा तपाईंको टेबुललाई ब्लक अर्थात् ढुङ्गा माथि राखेर उँचाइ मिलाएर हेर्नुहोस्।
घुँडामा उपरखुट्टी लाएर नबस्नुहोस्।
कस्सेको लुगा नलगाउनुहोस्।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.