लागू पदार्थ र रक्सीको सेवनले कसरी स्वास्थ्यलाई दीर्घकालीन रूपमा हानी पुर्‍याउन सक्छ

From Audiopedia
Jump to: navigation, search

रक्सी र लागू पदार्थ सेवन गर्ने मानिसहरू अरूको तुलनामा प्रायजसो बिरामी परिरहने अनि निकै गम्भीर स्वास्थ अवश्था भोग्‍नुपर्ने हुन्छ। तिनीहरूलाई निम्‍न प्रकारका समस्याहरू हुन सक्छ:

  • पोषणको कमीले गर्दा धेरै बिरामी पर्ने हुन्छ।
  • क्यान्सर अनि मुटु, कलेजो, पेट, छाला, फोक्सो र पिसाब प्रणालीको समस्या हुन सक्छ। यसले गर्दा कहिलेकाहीं दीर्घकालीन क्षति भोग्‍नुपर्ने हुन सक्छ।
  • मस्तिष्कमा क्षति पुग्‍ने वा क्षारेरोग हुन सक्छ।
  • एच.आइ.भि संक्रमण भएकोले रोगहरू धेरै छिटो बढ्ने हुन्छ।
  • बिर्सिने – होस खुल्दा के भएको थाहा हुँदैन।
  • गम्भीर डिप्रेसन वा मनमा डर जस्ता मानिसिक स्वास्थ्य समस्या, अचम्मका कुराहरू देख्‍ने वा आवाज सुन्‍ने (दृष्‍टिभ्रम हुने), अरूलाई शङ्का गर्ने, बिगतका घटनाहरू अचानक दिमागमा आउने हुन्छ।
  • एकै पटकमा धेरै सेवन गरेकोले मृत्यु समेत हुन सक्छ (अत्याधिक सेवन गर्दा)।

साथै, यस्तो समस्या भएका मानिसहरूको प्रायजसो दुर्घटनामा परेर चोटपटक लाग्‍ने वा मृत्युसमेत हुन सक्छ (प्रायजसो उनीहरूको परिवार पनि)। किनभने यसरी अत्याधिक मात्रामा रक्सी वा लागू पदार्थको सेवन गर्दा तिनीहरू गलत निर्णय गर्छन्, अनावश्यक खतरा मोल्छन् वा आफ्नो शरीरमा नियन्त्रण गुमाउँछन्। उनीहरूले असुरक्षित यौन सम्पर्क राख्छन्, लागू पदार्थ सेवन गर्दा एउटै सुई प्रयोग गर्छन र लागू पदार्थ प्राप्त गर्न देह व्यापार गर्छन भने उनीहरूलाई हेपाटाइटिस, एच.आइ.भि र अरू यौनजन्य संक्रमणहरू लाग्‍ने खतरा हुन्छ।

सुर्तीजन्य पदार्थ सिधै खाने होस् वा चुरोटको रूपमा पिउने, यी दुवै तरिकाले एउटै किसिमका शारिरीक समस्याहरू निम्त्याउँछ।

सुर्ती अनि सुपारी चपाउने बानीले दाँत अनि गिजालाई क्षति पुर्‍याउँछ, यसले मुखमा घाउ हुन्छ, मुख र घाँटीको क्यान्सर हुनुका साथै पूरै शरीरलाई नराम्रो असर गर्छ। खट भन्‍ने एक प्रकारको बोट जसको पात चपाउँदा पेटको समस्या हुनुका साथै कब्जियत पनि गराउँछ। विभिन्‍न प्रकारका चपाउने लागू पदार्थले लत बसाल्छ।

थुप्रै गरिब मानिसहरू विशेषगरि सडकमा बस्‍ने बाल-बालिकाहरू आफ्नो भोक मेटाउन टाँस्‍न प्रयोग गरिने गम र सोल्भेन्ट्स भनिने एक प्रकारको तरल पदार्थ सुँघ्‍ने गर्छन्। यसले लत बसाल्छ र गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ। जस्तै: आँखा देख्‍न गाह्रो हुने, सोच्‍न अनि सम्झिन गाह्रो हुने, हिंसात्मक व्यवहार देखाउने, शरीरमा नियन्त्रण नहुने अनि सही र गलत छुट्ट्याउन नसक्ने, अत्याधिक वजन घट्ने, हृदयघात हुने र अचानक मृत्यु हुने।

यी अवस्थामा लागू पदार्थ वा रक्सी सेवन गर्नु खतरनाक हुन सक्छ, यदि:

  • गाडी चलाउँदैछन्, मेसिन वा खतरनाक औजार प्रयोग गर्दैछन्।
  • गर्भवती छिन् वा स्तनपान गराउँदैछिन्।
  • साना बच्चााहरूको हेरबिचार गर्दैछन्।
  • दुखाइ कम गर्ने, निद्रा लाग्‍ने, क्षारेरोग वा मानसिक स्वास्थ्य समस्याको औषधी लिंदैछन्।
  • कलेजो वा मृगौलाको रोग छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010306