लागू पदार्थ अनि रक्सी विशेषगरि महिलाहरूको लागि किन खतरनाक हुन सक्छ

From Audiopedia
Jump to: navigation, search

लागू पदार्थ अनि रक्सीको दुर्व्यवशन गर्दा भोग्‍ने समस्यामाथि अझै थप केही शारिरीक समस्याहरू महिलाहरूले भोग्‍नुपर्ने हुन्छ:

पुरुषको तुलनामा अत्याधिक मात्रामा रक्सी वा लागू पदार्थ सेवन गर्ने महिलाहरूलाई प्रायजसो कलेजोसम्बन्धी रोग लाग्‍ने सम्भावना धेरै हुन्छ।

धेरैजसो महिलाहरू वा किशोरीहरूले रक्सी वा लागू पदार्थ सेवन गर्दा, नचाहँदा नचाहँदै तिनीहरूलाई यौनसम्बन्ध राख्‍न वाद्य पारिन्छ। जसले गर्दा नचाहँदा नचाहँदै गर्भवती हुने, एच.आइ.भि का साथै अन्य यौनजन्य संक्रमणहरू हुने गर्छ।

गर्भवती महिलाले रक्सी पिउँदा, धुम्रपान गर्दा वा लागू पदार्थ सेवन गर्दा पेटमा रहेको बच्चाले पनि त्यही कुराहरू गरिरहेको हुन्छ। गर्भवती महिलाले लागू पदार्थ वा रक्सी सेवन गर्छन् भने बच्चाहरू यहाँ उल्लेख गरिएजस्तै शारिरीक र मानसिक समस्याहरू लिएर जन्मिन्छन्:

  • मुटु, हाड, यौन अङ्ग, टाउको अनि अनुहारमा समस्या हुने।
  • जन्मिदा बच्चाको वजन निकै कम हुने।
  • विकास ढिलो हुने।
  • कुनै कुरा सिक्न गाह्रो हुने अनि मानसिक रुपमा ढिलो हुने अर्थात छरितो नहुने।
  • सामान्य व्यवहार नदेखाउने।
  • वयस्क व्यक्तिमा जस्तै भर्खर जन्मेको बच्चामा पनि लागू पदार्थको लत बस्‍ने र नपाएमा वयश्यकमा जस्तै समस्याहरू देखिने।

महिलाहरू धेरै लाज मान्छन्: धेरैजसो समाजमा पुरुषहरू भन्दा महिलाहरूले गर्ने व्यवहारलाई कडा रूपमा हेरिन्छ। प्रायजसो पुरुषहरूले रक्सी वा लागू पदार्थ सेवन गर्नु समान्य ठानिन्छ, तर महिलाहरूमा सामान्य ठानिदैन। कुनै महिलाले धेरै मात्रामा रक्सी वा लागू पदार्थ सेवन गरेर आफ्नो व्यवहारमा अनियन्त्रित भएमा अरुसँग यौनसम्बन्ध नराखे तापनि तिनलाई ‘गिरेकी आइमाइ’ ठानिन्छ। तिनले दुरूपयोग गरेको कुरा सबैले थाह पाउलान् र आफ्नो बेइज्जत हुन्छ भनेर तिनले एकै पटक धेरै पिउनुको साटो लामो समयसम्म बिस्तारै बढाउँदै लैजान्छिन्। यसरी पिउँदा अरूको सामु आफ्नो व्यवहार नियन्त्रण गर्न सजिलो भएको महसुस गर्छिन्। तिनले आफ्नो कुलत गोप्य राख्छिन् र उपचार पाउने बाटो खोज्दिनन्। यस्तो व्यवहारले रक्सी वा लागू पदार्थको दुरुपयोगबाट हुने क्षति अझ धेरै मात्रामा बढाउँछ।

रक्सी र लागू पदार्थको दुर्व्यशनले विशेषगरि घरेलु हिंसा बढाउँछ: परिवारमा श्रीमानले लागू पदार्थ वा रक्सीको दुर्व्यशन गर्छन् भने तिनको श्रीमतीले चोटपटक सहनु पर्ने वा मृत्यु समेत भोग्‍नु पर्ने हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010307