रालको प्रयोग हुने र दिन गन्ने तरिकाबारे मैले कुन कुरा थाह पाउनुपर्छ
यी मध्ये कुनै तरिका अपनाउन चाहुनुहुन्छ भने हरेक महिना आफ्नो शरीरले अण्डा कहिले बनाउँछ भनेर थाहा पाउनु पर्छ। यसलाई कहिलेकाहीं 'प्रजनन सजकता' भनेर भन्ने गरिन्छ। यसको मतलब तपाईंको प्रजनन हुने दिनहरूमा (अण्डा बन्ने समयमा) गर्भधारण हुन देखि जोगिन तपाईं र तपाईंको जोडीले यौन सम्बन्ध नराख्ने वा शुक्रकिटलाई छेक्ने परिवार नियोजनको तरिका अपनाउनुपर्छ।
यो तरिका अपनाउन पैसा खर्च हुँदैन वा शरिरलाई कुनै असर पनि पर्दैन। परिवार नियोजनका विधिहरू अपनाउन नचाहने वा यस्ता विधिहरू उपलब्ध नहुने ठाउँमा बस्ने महिलाहरूले यस्ता प्राकृतिक तरिका अपनाउन सक्छन्।
प्रजनन सजकतालाई अझ प्रभावकारी तरिकामा उपयोग गर्न तपाईं र तपाईंको जोडीले विशेष तालिम पाएका स्वास्थ्यकर्मीसित भेटेर आफ्नो शरीर र प्रजननबारे राम्ररी थाह पाउनुहोस्। प्रायजसो यस्ता तरिकाहरू प्रयोग गर्न सिक्न लगभग ३ देखि ६ महिना लाग्छ।
यसको अर्थ: यस्ता तरिकाहरूको लागि पुरूषको मदतको आवश्यकता पर्छ नत्र यी तरिकाहरू प्रभावकारी हुँदैनन्।