राम्रो संसारको लागि आफ्नो छोराछोरी कसरी हुर्काउने

From Audiopedia
Jump to: navigation, search

छोराछोरीलाई कसरी हुर्काउने भन्‍नेबारे तपाईं र तपाईंको श्रीमान्‌को फरक-फरक विचारधाराहरू होलान्, तर आफ्नो छोराछोरीको फाइदाको लागि तपाईंको फरक-फरक विचारधाराबारे छलफल गर्नु र सहमतीमा आउनु महत्त्वपूर्ण छ। यी कुराहरू तपाईं दुवैजनाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

आमा पीडित छिन् भने छोराछोरी पनि दुखित हुन्छन्, त्यसैले फरक-फरक विचारधारा भए तापनि तिनीहरूको खातिर सहमतिमा आउनु बेस हुन्छ।

आवश्यक छ भने तपाईं र तपाईंको श्रीमानबीचको सम्बन्ध सुखी भएमा मात्र छोराछोरीको मानसिक र शारिरीक विकास राम्ररी हुन्छ भनेर तपाईंको श्रीमान्‌लाई सम्झाउनुहोस्। साथै, आमाको रूपमा तिनको जीवनको हरेक दिनले आफ्नो छोराछोरीलाई यी कुराहरू सिकाउँछ:

  • आफ्नो श्रीमान्‌ र छोरालाई पहिले खुवाउँदा केटी र महिलाको भोक त्यत्ति महत्त्वपूर्ण छैन।
  • आफ्नो छोरालाई मात्र स्कुल पठाउँछौं भने केटीहरू शिक्षा पाउने अवसरको योग्य छैनन्।
  • हिंसा गर्नु पुरूषार्थ हो भनेर सिकाउँदा हामीले हिंसात्मक पुरूषहरू हुर्काइरहेका हुन्छौं।
  • छिमेकीको घरमा भइरहेको हिंसाविरूद्ध आवाज उठाउँदैनौं भने आफ्नो छोराहरूलाई श्रीमती र बच्चालाई पिट्नु स्विकार्य छ भनेर सिकाइरहेका हुन्छौं।

आमाको रूपमा आफ्नो छोराछोरी कस्तो बनाउने भनेर परिवर्तन गर्ने शक्ति हामीमा छ र हामी यी कुरा सिकाउन सक्छौं:

  • छोराहरूलाई दयालु र मायालु बनाउँने, त्यसले गर्दा तिनीहरू दयालु र मायालु श्रीमान्, बुबा र दाजु बन्‍न सक्नेछन्।
  • छोरीहरूले आफ्नै मोल गर्ने, यसले गर्दा तिनीहरूले अरूबाट पनि त्यही आशा गर्न सक्छन्।
  • छोराहरूलाई घरको कामकाजमा मदत गर्ने र त्यसमा गर्व महसुस गर्ने, यसले गर्दा तिनको दिदीबहिनी, पत्‍नी र छोरीहरू कामको बोझले दब्‍न पाउँदैनन्।
  • छोरीहरूले स्कुल सकाएर वा कुनै तालिम लिएर आत्मनिर्भर बन्‍ने।
  • छोराहरूले सबै महिलालाई आदर गर्ने र जिम्मेवार यौन जोडी बन्‍ने।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021018