रसायनिक पदार्थहरू प्रयोग गरेर काम गर्दा हुने स्वास्थ्य समस्याबाट म कसरी जोगिन सक्छु

From Audiopedia
Jump to: navigation, search

खतरनाक रसायनिक पदार्थहरू प्रयोग गरेर काम गर्दा आफ्नो स्वास्थ्य खतरा कम गर्न यी कुराहरू गर्ने प्रयास गर्नुहोस्:

  • रसायनिक पदार्थहरू छालामा पर्न नदिनुहोस्। घरमा रसायनिक पदार्थहरू प्रयोग गर्दा भान्सामा प्रयोग गरिने रबरको पञ्‍जा (पलास्टिकको झोला) प्रयोग गर्नुहोस्। आफ्नो काममा वा खेतबारीमा काम गर्दा बाक्लो पञ्‍जा र जुत्ता लगाउनुहोस्। अन्यथा तपाईंको शरीरमा रसायनिक पदार्थ छिर्न सक्छ।
  • रसायनिक पदार्थ छोएपछि हात धुनुहोस्। यदि तपाईंले किटनाशक जस्तो कडा रसायन प्रयोग गरेर काम गर्नुभएको छ भने लुगा फेर्नुहोस्। खाना खानुअघि वा घरमा आउनुअघि पूरै पखाल्नुहोस् अर्थात् नुहाउनुहोस्। रसायनिक पदार्थ लागेको लुगा धुँदा पञ्‍जा लगाउनुहोस्।
  • रसायनिक पदार्थबाट धुँवा वा गन्ध (बाफ) निस्किदा सास नफेर्नुहोस्। ताजा हावा आउने ठाउँमा काम गर्नुहोस्। कपडा वा कागजको मास्कले तपाईंलाई रसायनिक पदार्थको धुवाँ, गन्ध वा बाफबाट जोगाउन सक्दैन।
  • रसायनिक पदार्थलाई खानेकुराबाट टाढा राख्‍नुहोस्। रसायन राखेको भाँडोमा कहिल्यै खानेकुरा वा पानी नराख्‍नुहोस्। यस्तो भाँडोलाई राम्ररी पखालेको भए तापनि खानेकुरा तथा पानी नराख्‍नुहोस्। रसायन राखेको भाँडो सफा देखिए तापनि

अझै यसमा पर्याप्त मात्रमा रसायन हुन्छ जसले खानेकुरा वा पानीलाई सजिलै विषाक्त बनाउन सक्छ। खाना नजिकै राखिएको बेला वा धेरै हावा चलिरहेको बेला रसायनिक पदार्थ नछर्किनुहोस्।

यदि आँखामा रसायनिक पदार्थ पर्‍यो भने तुरुन्तै पानीले पखाल्‍नुहोस्। यसरी १५ मिनेटसम्म पखालिराख्‍नुहोस्। पखाल्ने बेलामा अर्को आँखामा पानी पर्न नदिनुहोस्। यदि तपाईंको आँखा पोल्न थाल्यो भने स्वास्थ्यकर्मीकहाँ गएर जचाउनुहोस्।

बच्चाहरूबाट रसायनिक पदार्थबाट टाढै राख्‍नुहोस्। विष लाग्‍न सक्‍ने खतराको विषयमा सावधान लेखेर टाँसिएको लेवल सधैं हेर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030114