रक्सी वा लागू पदार्थ सेवन गर्ने बानी त्याग्न कसरी मदत पाउन सकिन्छ
अरूको मदत पाउँदा कुलत त्याग्न प्राय सजिलो हुन्छ।
ए.ए अर्थात् अज्ञात मद्यव्यशनीको सदस्य हुनको लागि एउटा कुरा मात्र आवश्यक पर्छ त्यो हो: कुलत छोड्ने इच्छा। यसमा सामेल हुन तपाईंले नियमित रूपमा कुलत त्याग्न सफल भएका व्यक्तिहरूसँग भेटघाट गर्नुपर्छ र आफ्नो अनुभव, शक्ति र आशा बाँड्न सक्नुहुन्छ। तपाईंसँग प्रायोजक पनि हुन्छ जसले कुलत छोड्न सकेको छ र तिनले खास तरिकामा तपाईंलाई मदत गर्न सक्नेछन्। ए.ए ले कुनै शुल्क लिंदैन। यसले कुलतमा फस्नुको कुनै पनि कारणको समर्थन वा विरोध गर्दैन। साथै, यसको कुनै पनि धार्मिक वा राजनैतिक समूहसित सम्बन्ध छैन। ए.ए को एउटा मात्र उद्देश्य भनेको कुलतमा फसेर दु:ख भोगिरहेका व्यक्तिलाई यस संगठनको सन्देश दिनु हो।
ए.ए जस्तै अन्य समूहहरू पनि छन्, जसले नशालु पदार्थको कुलतमा फसेको व्यक्ति र उसको परिवारलाई मदत दिने काम गर्छन्।
तपाईं पनि आफ्नो एउटा मदत गर्ने समूह बनाउन सक्नुहुन्छ।