रक्सी वा लागू पदार्थबाट मैले कसरी छुटकारा पाउन सक्छु

From Audiopedia
Jump to: navigation, search

१. यो बानी तपाईंको निम्ति समस्या हो भनेर स्विकार्नुहोस्।

२. यसको विरूद्ध आजै केही कदम चाल्ने निर्णय गर्नुहोस्।

३. कुलत छोड्नुहोस् वा थोरै-थोरै गरेर त्यसपछि चटक्कै छाड्नुहोस्। थुप्रै मानिसहरूले पिउने वा लागू पदार्थ सेवन गर्ने बानी एकैपटकमा च्वाट्टै छोड्न सक्छन्। यस्तो कदम चाल्न आफूमा इच्छा हुनुपर्छ र यस्तो कुलत त्याग्‍न सक्छु भनेर आफूमा विश्‍वास हुनुपर्छ। अन्य व्यक्तिहरूलाई भने कुनै समूह वा एल्कोहोलिकस् एनोनिमस (AA) अर्थात् अज्ञात मद्यवेशनी सेवन जस्ता उपचार कार्यक्रमले मदत गर्न सक्छ। यस्ता कार्यक्रमले रक्सी र लागू पदार्थ सेवन गर्नेहरूलाई मदत गर्न सक्छ। थुप्रै देशहरूमा ए.ए समूहहरू छन्। तपाईंको इलाकामा पनि अरू समूहहरू वा उपचार कार्यक्रमहरू हुन सक्छन्। धेरैजसो महिलाहरूले अरू महिलाहरू मात्र भएको समूहमा सजिलो महसुस गर्छन्। यदि तपाईंको इलाकामा कुनै त्यस्तो समूह छैन भने आफ्नै समूह बनाउने प्रयास गर्नुहोस्। रक्सी वा लागू पदार्थको दुर्व्यशन छाड्न अरूलाई मदत गरेका कुनै व्यक्तिको मदत लिएर यसो गर्न सक्नुहुन्छ।

४. यदि तपाईंले फेरि पिउन वा लागू पदार्थको सेवन गर्न थाल्नुभयो भने आफैलाई दोष नदिनुहोस्। बरु फेरि तुरुन्तै छाड्ने प्रयास गर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010308