रक्तअल्पता भनेको के हो
From Audiopedia
रक्तअल्पता भएको व्यक्तिको रगतमा रातो रक्तकोषको कमी हुन्छ। शरीरले रातो रक्तकोष बनाउने भन्दा पनि छिटो रगतमा भएको रातो रक्तकोष बिलाउँछ वा नष्ट हुन्छ भने रगतमा रक्तकोषको कमी हुन्छ। महिनावारीको बेला रगत बग्ने भएकोले धेरैजसो यौवनावस्थादेखि महिनावारी रोकिनुअघिको समयावधिमा महिलाहरूमा रक्तअल्पता भएको पाइएको छ। संसारको आधाजति गर्भवती महिलाहरूमा रक्तअल्पता हुन्छ, किनभने तिनीहरूको शरीरले आफ्नो गर्भमा हुर्कंदै गइरहेको शिशुको लागि पनि थप रगत बनाउनुपर्ने हुन्छ।
रक्तअल्पता गम्भीर रोग हो। यसले गर्दा महिलाहरूलाई अरू किसिमको रोग पनि लाग्न सक्छ। साथै यसले तिनलाई काम गर्ने र केही कुरा सिक्ने क्षमतामा असर गर्छ। रक्तअल्पता भएका महिलाहरूको धेरै रगत बग्ने वा बच्चालाई जन्म दिंदा मृत्यु समेत हुन सक्छ।
रक्तअल्पता का लक्षण के-के हुन्?
* परेली माथि, नङ र ओठ रगत नभएको जस्तो पहेंलो हुने * कमजोर र धेरै थकित हुने * रिङ्गटा लाग्ने, विशेषगरि बसेर वा पल्टेर उठ्दा * बेहोस हुने (होस गुम्ने) * सास फेर्न गाह्रो हुने * मुटुको धड्कन तेज हुने