यौन सम्बन्ध राख्‍न दबाव दिनु वा जबरजस्ती गर्नु भनेको के हो

From Audiopedia
Jump to: navigation, search

तपाईंले नचाहँदा-नचाहँदै कसैले यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्छ भने त्यसलाई बलात्कार भनिन्छ।

संसारका प्रायजसो ठाउँमा किशोरी र महिलाहरूले नचाहँदा-नचाहँदै तिनीहरूलाई यौन सम्बन्ध राख्‍न जबरजस्ती गरिन्छ। प्रायजसो तिनीहरूलाई प्रेम गरेको दाबी गर्ने केटा साथीले यसो गर्ने गर्छन्। कुनै-कुनै ठाउँमा यसलाई 'भेटघाट बलात्कार' भनिन्छ। यौन सम्बन्ध राख्‍ने दबाब शारिरीक रूपमा दिने मात्र नभई बोली वा भावनाद्वारा पनि दिइन्छ। उक्त व्यक्तिले धम्की दिन सक्छन् वा 'प्लिज' भन्‍न सक्छन् वा तिनीसित यौन सम्बन्ध नराखेकोमा तिनले तपाईंलाई दोषी वा लाज महसुस गराउन सक्छन्। चाहे जसरी दबाव दिएपनि यी सबै गलत हुन्।

यौन सम्बन्ध राख्‍ने इच्छा नहुँदा कसैलाई पनि दबाब दिन मिल्दैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020814