यौन सम्बन्ध राख्‍ने विषयमा कस्ता विवाद हुन्छन्

From Audiopedia
Jump to: navigation, search

केही पुरूषहरू आफ्ना पत्‍नीहरूले परिवार नियोजनको विधि अपनाएको चाहँदैनन्, किनभने विभिन्‍न तरिकाले कसरी काम गर्छ भनेर तिनीहरूलाई ज्ञान हुँदैन। सायद तिनीहरू आफ्नो पत्‍नीको स्वास्थ्यबारे चिन्तित पनि हुन सक्छन्, किनभने परिवार नियोजनको खतराबारे नचाहिने कथाहरू सुनेका हुन सक्छन्। यदि महिलाले परिवार नियोजन गरिन् भने अरू परपुरूषसित यौन सम्बन्ध राख्‍न सक्छन् भनेर तिनीहरू डराउँछन् वा धेरै छोराछोरी हुनु भनेको 'पुरूषार्थ' हो भनेर विश्‍वास गर्न सक्छन्।

धेरै देशहरूमा अझै पनि मागी विवाह गर्ने चलन छ। त्यस विषयमा दुलहा र दुलहीको अलिकति पनि वा केही पनि चल्दैन। विवाहपछि जवान केटीहरू आफ्नो परिवारबाट टाढिन्छन्। थुप्रै समाजमा विवाहपछि महिला पुरूषको सम्पत्ति बन्‍न पुग्छिन् र तिनीहरूले चाहेको बेलामा आफ्नो मनोरञ्‍जनको लागि श्रीमतीको शरीर प्रयोग गर्ने अधिकार छ भनेर सोच्छन्।

यस्ता परिस्थितिहरूमा धेरै महिलाहरूले आफ्नो पतिलाई प्रेम गर्न सक्दैनन् र तिनीसित यौनसम्बन्धको आनन्द उठाउन पनि सक्दैनन्। त्यसको ठीक उल्टो आफूले राम्ररी नचिनेको वा मन नपर्ने व्यक्तिसित जबरजस्ती यौन सम्बन्ध राख्‍न लागेको जस्तो तिनीहरूले महसुस गर्छन्। तिनीहरूले आफ्नो श्रीमान्‌लाई इन्कार गर्ने र यौन सम्बन्ध राख्‍न नचाहनुको कारणबारे विभिन्‍न बहाना बनाउन थाल्छन्। यसो हुँदा श्रीमान्‌ रिसाएर यौन सम्बन्ध राख्‍न झन् जबरजस्ती गर्न सक्छ र यसले गर्दा "भीषण चक्र" उत्पन्‍न हुन्छ, जसमा महिलाले आफ्नो श्रीमान्‌सित अझ धेरै रिस पाल्ने र तिनलाई अस्विकार गर्ने हुन्छ।

केही विवाहित पुरूषहरू चाहेको बेलामा अर्कै परस्‍त्रीसित यौन सम्बन्ध राख्‍ने अधिकार तिनीहरूसित छ भनेर सोच्छन् र पत्‍नी भने तिनीहरूको एक्लो सम्पत्ति हो भनेर सोच्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021010