यौनजन्य रोग मेरो लागि किन गम्भीर समस्या हुन सक्छ

From Audiopedia
Jump to: navigation, search

पुरूष र महिला दुवैमा यौनजन्य रोग सर्न सक्छ। तर स्त्रीबाट पुरूषमा भन्दा पुरूषबाट स्त्रीमा यो रोग सजिलै सर्न सक्छ। किनभने पुरूषको लिङ्ग स्त्रीको शरीरको कुनै भागमा अर्थात् यौन सम्बन्धको दौडान लिङ्ग यौनी, मुख वा मलद्वारमा छिर्ने भएकोले स्त्रीलाई सजिलै संक्रमण हुन्छ। कन्डमको प्रयोग गरिएन भने संक्रमण गराउने वीर्य स्त्रीको शरीरभित्र बस्छ। यसले गर्दा तिनको पाठेघर, ट्युब र अंडाशयमा संक्रमण हुने सम्भावना धेरै हुन्छ। महिलाको यौन अङ्गमा घाउ छ वा यौनीमा संक्रमण भएको छ भने तिनमा एड्स रोग लाग्‍ने सम्भावना धेरै हुन्छ।

धेरैजसो यौनजन्य रोग महिलाको शरीरभित्र हुने भएकोले गर्दा पुरूषमा भन्दा स्त्रीमा यो रोग लागेको लक्षण देख्‍न गाह्रो हुन्छ। त्यसैले महिलालाई तिनको यौन अङ्गमा संक्रमण भएको छ कि छैन भन्‍ने कुरा बताउन गाह्रो हुन्छ। अझ त्यसमा पनि कस्तो प्रकारको संक्रमण भएको छ भनेर बताउन धेरै गाह्रो हुन्छ।

महिलाले आफूलाई यौनजन्य रोगबाट जोगाउन मुस्किल हुन्छ। किनभने तिनको जोडीले माग गर्दा तिनले यौन सम्बन्ध राख्नुेपर्ने हुन्छ। तिनको जोडीले अरूसित यौन सम्बन्ध राखेको छ वा जोडीलाई यौनजन्य रोग लागेको जस्ता कुराहरू तिनले थाह पाउन सक्दैनन्। तिनको जोडीले अर्कै संक्रमित महिलासित यौन सम्बन्ध राखेका छन् भने तिनले आफ्नो पत्नीमा पनि संक्रमण सार्न सक्छन्।

महिलाले आफ्नो जोडीलाई कन्डमको प्रयोग गर्ने कुरामा दबाब दिन गाह्रो हुन्छ। तर दुवै जोडीलाई संक्रमणबाट जोगाउन सकिने सबैभन्दा राम्रो तरिका ल्याटेक्स् कन्डमको प्रयोग गरेर हो। तर यसको प्रयोग गर्न पुरुष इच्छुक हुनुपर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010503