यौनजन्य रोगबाट जोगिन के गर्न सकिन्छ
यौनजन्य रोगबाट जोगिनु भयो भने तपाईं र तपाईंको जोडी गम्भीर रोग लाग्न र बाँझोपन हुनदेखि पनि जोगिन सक्नुेहुन्छ।
सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नुेहोस्।
हरेक पटक यौन सम्बन्ध राख्दा कन्डमको प्रयोग गर्नुहोस्। महिलाहरूको कन्डम र पुरूषहरूको कन्डमको प्रयोग गर्दा निम्न फाइदाहरू हुन्छन्:
यौन सम्बन्ध राख्दा एक जनाले मात्र कन्डम प्रयोग गर्न सक्नुहुन्छ – दुवैले प्रयोग गर्नु आवश्यक छैन।
तपाईंको जोडीले कन्डम प्रयोग गर्दैनन् भने डायफ्र्याग्म अर्थात् छाती र पेटको बीचको मांशपेशीले विशेषगरि यौनजन्य संक्रमण जस्तै, गोनरिया र क्लेमाइडिया जस्ता रोगहरू लाग्न देखि जोगाउँछ।
यौन सम्बन्ध राखि सकेपछि यौन अङ्ग पखाल्नुहोस्।
यौन सम्बन्ध राखि सकेपछि पिसाब फेर्नुहोस्।
यौनीलाई साबून पानीले पखाल्ने नगर्नुहोस् वा यौनी सुकाउन जडीबुटी वा पाउडरको प्रयोग नगर्नुहोस्। यौनीलाई साबून पानीले पखाल्दा यसलाई प्राकृतिक तरिकामा स्वस्थ राख्ने प्रक्रिया बिग्रन्छ। यौनी सुख्खा भयो भने यौन सम्बन्ध राख्दा दुख्ने पोल्ने हुन्छ र एच.आइ.भि र अरू यौनजन्य संक्रमण लाग्ने सम्भावन पनि झन बढ्छ।
यौन सम्बन्ध राख्नुको साटो तपाईं र तपाईंको जोडीले मुखमार्फत (मुख मैथुन) वा अरू कुनै यौन स्पर्शमार्फत यौन इच्छा तृप्त पार्न सक्नुहुन्छ।
तपाईं वा तपाईंको जोडीमा यौनजन्य संक्रमणको लक्षण देखिन्छ भने यौन सम्बन्ध नराख्नु बेस हुन्छ।