यौनजन्य रोगको लक्षण देखा परेमा वा रोग लाग्‍न सक्ने जोखिम भएमा के गर्ने

From Audiopedia
Jump to: navigation, search

तपाईंमा यौनजन्य रोगको लक्षण देखा परेको छ भने वा आफू जोखिममा छु जस्तो लाग्छ लाग्छ भने उपचार गर्न तुरून्तै कदम चाल्नुहोस्। दु:खको कुरा थुप्रै ठाउँमा यौनजन्य रोगको लागि गरिने परिक्षणहरू उपलब्ध छैन, उपलब्ध भएपनि महङ्गो हुने र सही परिक्षण नहुने भएको पाइएको छ। यौनजन्य रोगको सस्तो, भरपर्दो परिक्षण नहुनु महिलाहरूको लागि ठूलो समस्या हो। जसले गर्दा तिनीहरू अनावश्यक, महंगो र नकारात्मक असर गर्ने औषधी सेवन गर्न पुग्छन्।

  • संक्रमणको तुरून्तै उपचार गर्नुहोस्।
  • धेरै बिसन्चो नभएसम्म नकुर्नुहोस्। उपचार गरेमा पछि गम्भीर समस्या निम्तिने
 खतरा कम हुन्छ र अरूलाई यौनजन्य रोग सार्नबाट पनि जोगाउँछ।
  • परिक्षण गराउन सम्भव छ भने यसो गर्नुहोस्। तपाईंलाई अर्कै यौनजन्य संक्रमण
 भएको हुन सक्छ र लक्षणहरू देखा नपरेको हुन सक्छ।
  • एउटै समयमा तपाईंको जोडीलाई पनि उपचार गराउनुहोस नत्र तपाईंहरूले
 यौन सम्बन्ध राख्‍नुभयो भने तिनले तपाईंलाई रोग सार्ने सम्भावना धेरै हुन्छ।
  • सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नुहोस्। आफूलाई जोगाउनु भएन भने
 तपाईंलाई अरूको यौनजन्य रोग वा एच.आइ.भि सर्न सक्छ।
  • एच.आइ.भि को परीक्षण गराउनुहोस्। किनभने यौनजन्य रोग र एच.आइ.भि
 संक्रमण सँगसँगै हुन सक्छ।
  • सुझाव दिइएअनुसारै सबै औषधी किन्‍नुहोस् र सेवन गर्नुहोस्। लक्षणहरू निको
 भए तापनि सबै औषधीले काम गरी नसकेसम्म संक्रमण निको हुँदैन। सबै 
 औषधी सेवन गरेपछि लक्षणहरू निको भयो भने स्वास्थ्यकर्मीलाई देखाउनुहोस्। 
 यौनीबाट पानी बग्‍ने वा दुख्‍ने लक्षण अर्को स्वास्थ्य समस्या, क्यान्सरको पनि हुन 
 सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010507