म घरबाट बाहिर काम गर्छु तैपनि मैले स्तनपान गराउनै पर्छ

From Audiopedia
Jump to: navigation, search

थुप्रै महिलाहरू घरदेखि बाहिर काम गर्छन्। यसले गर्दा तिनले बच्चालाई पहिलो ६ महिनासम्म आमाको दूध मात्र दिनु असम्भव हुन सक्छ। तपाईंको दूध नपाएमा बच्चा बिरामी हुन सक्छ। काम गर्ने आमाले आफ्नो काम या बच्चाको स्वास्थ्य मध्ये कुनचाहीं छान्‍ने भनेर निर्णय गरिरहनु आवश्यक छैन।

त्यसैले काम गर्ने आमाहरूलाई मदत चाहिन्छ। कुनै-कुनै काम गर्ने ठाउँमा केही महिनासम्म बच्चालाई सँगै लिएर आउने अनुमति हुन्छ। यसले गर्दा बच्चालाई स्तनपान गराउन सजिलो हुन्छ। काम गर्ने ठाउँ नजिकै शिशु स्याहार छ भने दिनमा वा खाजाको समयमा गएर बच्चालाई स्तनपान गराउन सकिन्छ। आमाहरूको नजिकै आफ्नो बच्चा होऊन् भनेर केही रोजगारदाताहरूले शिशु-स्याहार केन्द्रको व्यवस्थापन गरिदिन्छन्।

तपाईं काम गर्नुहुन्छ र तपाईंको बच्चालाई आफ्नो दूध मात्र खुवाउने तरिका यस प्रकार छन्:

  • ६ महिना सम्म बच्चालाई आफ्नो नजिक राख्‍नुहोस्।
  • वा दूध खुवाउने समयमा कसैले तपाईंकहाँ बच्चा ल्याइदिने प्रबन्ध मिलाउनुहोस्।
  • बच्चासँग हुँदा तपाईंको स्तनबाट मात्र दुध चुसाउनुहोस्। राती बच्चालाई सँगै सुताउनुहुन्छ भने तिनले धेरै स्तन चुस्‍ने हुन सक्छ। यसले गर्दा तपाईंको स्तनले अझ पर्याप्त मात्रामा दूध उत्पादन गर्छ।
  • कसै-कसैले आफ्नो साथी वा नातेदार जस्तै, बच्चाको हजुरआमालाई स्तनपान गराउन भन्‍न सक्छिन्। तपाईं आफ्नो बच्चाले अरू महिलाको स्तनपान गरेको चाहनुहुन्छ भने ती महिलाहरूको एच.आइ.भि रोगको परीक्षण गराउनुपर्छ र स्तनपान गराइरहँदा संक्रमण हुने खतरा हुनु हुँदैन।
  • आमाले दिनमा आफ्नो दूध दिन सक्ने अर्को एउटा तरिका पनि छ। काममा तिनीसित समय छ भने आफ्नो दूध निकाल्ने र अरूले त्यो दूध बच्चालाई पिलाउन सक्छन्। तपाईंले दिनमा हातले दुई वा तीन पटक सम्म दूध निकाल्न सक्नुहुन्छ। अरूले तपाईंको बच्चालाई त्यो दूध पिलाउन सकियोस् भनेर त्यसलाई पठाउन सक्नुहुन्छ वा भन्डार गर्न सक्नुहुन्छ।

महत्त्वपूर्ण: दूध चिसो राख्‍न सकिंदैन भने त्यो बिग्रिन्छ र फाल्नुपर्ने हुन्छ। दूधबाट अमिलो वा अर्कै प्रकारको गन्ध आउँछ भने त्यसलाई फाल्नुहोस्। आमाको दूध बिग्रियो भने बच्चाले त्यो खाँदा तिनी धेरै बिरामी पर्न सक्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010808