म कसरी आफ्नो बच्चालाई विष लाग्‍नबाट जोगाउन सक्छु

From Audiopedia
Jump to: navigation, search

बच्चाहरूलाई विष लाग्‍नबाट जोगाउनबच्चाहरू पुग्‍न सक्ने ठाउँबाट हानिकारक चिजहरू टाढै राख्नुहोस्।

विषलाई वियरको बोतलमा, पानी राख्‍ने जारमा अथवा भाँडामा वा कपमा कहिल्यै नराख्नुहोस्। किनकि यस्ता भाँडाहरूमा विष राख्दा बच्चाहरूले पानी भन्ठानेर पिउने खतरा हुन्छ। सबै औषधीहरू, रसायनिक पदार्थ र विषलाई त्यसकै भाँडोमा बेस्सरी बिर्को कसेर बच्चाहरूले नपुग्‍ने ठाउँमा राख्नुहोस्।

डिटर्जेन्ट, ब्लिच, रसायनिक पदार्थ र औषधीहरूलाई बच्चाहरू पुग्‍न सक्ने ठाउँमा कहिल्यै नराख्नुहोस्। यस्ता चिजहरूलाई भाँडोको बिर्को बेस्सरी कसेर बाहिर लेबल टाँसेर राख्नु पर्छ। यी चिजहरूलाई दराज वा बाकस वा अग्लो अलमारीमा बच्चाले देख्‍न नसक्ने वा पुग्‍न नसक्‍नेगरि बन्द गरेर राख्‍नुपर्छ।

ठूला मानिसहरूले प्रयोग गर्ने औषधीहरू साना बच्चाहरूले खाँदा उनीहरूको ज्यान जान सक्छ वा त्यसले उनीहरूलाई असर गर्न सक्छ। बच्चाहरूलाई डाक्टरले खान भनेको औषधी मात्र खान दिनुपर्छ। वयस्क मानिसहरूलाई वा अन्य बच्चाहरूलाई खान दिइएको औषधी कहिल्यै बच्चाहरूलाई खान दिनु हुँदैन। बच्चाहरूले कहिल्यै आफ्नो औषधी आफै झिकेर खाने गर्नु हुँदैन। हरेक पटक उनीहरूको आवश्यकता अनुसार उनीहरूको बुबाआमा वा रेखदेख गर्ने व्यक्तिले औषधी दिनुपर्छ। यस्तो औषधी बच्चाहरूले नदेख्‍ने अनि नपुग्‍ने ठाउँमा राख्नुपर्छ।

बच्चाहरूले खोल्न नसक्ने भाँडो छ भने त्यस्ता भाँडामा बरू विषाक्त पदार्थहरू राख्‍नुपर्छ।


Sources