म कसरी आफ्नो बच्चालाई जल्नबाट जोगाउन सक्छु - Audiopedia
तातो तरल पदार्थ वा खानेकुराद्वारा जल्नबाट जोगाउन:
- पकाउने भाँडाको समात्ने बिंड (ह्यान्डल) बच्चाले भेट्न नसक्नेगरि अर्कैतिर फर्काउनुहोस्।
- तातो खानेकुरा अनि झोल कुराहरूलाई बच्चाले पुग्न नसक्ने सुरक्षित ठाउँमा राख्नुहोस्।
- बाथरुममा बच्चाहरूलाई आफै तातो पानी खोल्न दिने वा नुहाउन दिने नगर्नुहोस्।
- बच्चाले तातो पानी खोलि हालेमा पनि उसलाई नपोलोस भनेर पहिल्यै पानीको तापक्रम अलि कम वा ठिक्क अवश्थामा मिलाएर राख्नुहोस्।
- भान्सामा खाना तयार गरिरहेको बेला वा तातो कुनै पिउने कुरा तयार गरिरहेको बेला यताउता दौडेर खेल्नुहुँदैन भनेर सिकाउनुहोस्।
- तातो झोल वा खानेकुरा समातिरहेको बेला बच्चाहरूलाई समात्ने नगर्नुहोस्।
Sources