बच्चाहरूलाई रेखदेख गर्नुका साथै यी कदमहरू चाल्दा माथिबाट खसेर गम्भीर चोटपटक लाग्नबाट जोगाउन सकिन्छ:
बच्चाहरूलाई असुरक्षित ठाउँमा चढ्न नदिनुहोस्।
बच्चाहरूलाई भर्याङमा र कौसीमा खेल्न नदिनुहोस्। यदि खेल्न दिने हो भने उनीहरूलाई राम्ररी ध्यान दिनुहोस्।
भर्याङ, झ्याल वा कौसीमा पर्याप्त चौडाइ र उचाइ भएको ठाडो रेलिङ अथवा बार लगाउनुहोस्।
घर सफा अनि उज्यालो राख्नुहोस् र कुनै धारिलो चिज वा छेउलाई हटाउनुहोस्।
बच्चा अग्लो मेचमा भएको बेला नखस्नेगरि सुरक्षित राख्नुहोस्।
बच्चाहरूलाई कोही नभएको बेला ओछ्यानमा, खाटमा, झोलुङ्गोमा वा बच्चा हिड्ने वा अन्य कुराहरूमा एक्लै नछाड्नुहोस्।
ओछ्यान, मेच र बच्चाको खाट जस्ता कुराहरूलाई झ्याल नजिकै नराख्नुहोस्।
साना बच्चाहरूलाई आकर्षित गर्ने खेलौनाहरू वा अन्य चिजहरूलाई अग्लो ठाउँमा नराख्नुहोस् अनि क्याबिनेट वा दराज जस्तो गह्रौ फर्निचरलाई पनि भित्तामा टाँसिनेगरि राख्नुहोस्।