म कसरी आगो र इन्धनको कारण हुने स्वास्थ्य समस्याबाट जोगिन सक्छु

From Audiopedia
Jump to: navigation, search

इन्धनको प्रयोग गर्दा थप सुरक्षा अपनाउनुहोस्:

  • इन्धन शरीरमा लाग्‍न वा यसको थोपा छालामा चुहिन नदिनुहोस्। यदि इन्धनको थोपा चुहिएमा पानीले तुरुन्तै सफा गर्नुहोस्।
  • जल्न सक्ने कुनै पनि कुरा चुल्होको नजिक नराख्‍नुहोस्। यसो गर्दा आगो लागेर ठूलो क्षति हुन देखि जोगिन सक्छ। बाँकी इन्धनलाई खाना पकाउने ठाउँबाट टाढा राख्‍नुहोस् (साथै इन्धनको नजिक सलाई बाल्ने वा चुरोट पिउने नगर्नुहोस्)।
  • हावा सजिलै आवतजावत हुने ठाउँमा चुल्हो राख्‍नुहोस्।
  • चुल्हो बाल्दा सधैं होसियार हुनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030104