म आफ्नो बच्चालाई सवारी दुर्घटनाबाट जोगाउन के गर्न सक्छु - Audiopedia
बच्चाहरूले बाटो काट्दा, बाटोमा हिंड्दा वा बाटो नजिकै खेल्दा चोटपटक लाग्न सक्छ। बच्चाहरू सोच विचार बाटोमा दौडिने गर्छन्।
परिवारहरूले यी कुराहरू गर्नु आवश्यक छ:
- बच्चाहरूलाई राम्री ध्यान दिनुहोस्।
- बच्चाहरूलाई बाटोमा दौड्न नदिन घर वरिपरि बार लगाउनुहोस् र गेट बन्द गर्नुहोस्।
- वयस्क व्यक्ति वा ठूलो बच्चा साथमा छैन भने कहिल्यै पनि एक्लै बाटो काट्ने वा बाटोमा हिंड्ने गर्नु हुँदैन भनेर सिकाउनुहोस्।
- बाटो नजिक बच्चालाई खेल्न नदिनुहोस्।
- बाटोतिर बल, खेलौना वा चंगाहरू आयो भने त्यसको पछि दौडिनु हुँदैन भनेर सिकाउनुहोस्।
- बच्चाहरूलाई बाटोको छेउबाट हिंड्न सिकाउनुहोस्, गाडि आएको आफूले देख्न सक्नेगरि हिंड्नुपर्छ भनेर सिकाउनुहोस्।
- यदि छेउबाट हिंड्ने छुट्टै बाटो छ भने गाडी हिंड्ने बाटोबाट हिंड्नुको साटो छेउको बाटोबाट नै हिंड्नुपर्छ भनेर सिकाउनुहोस्।
Sources