मैले चक्की खान बिर्सें भने के गर्ने

From Audiopedia
Jump to: navigation, search

तपाईंले चक्की खान बिर्सनुभयो भने गर्भधारण हुन सक्छ।

तपाईंले १ वा २ वटा चक्की खान बिर्सनुभयो भने सम्झिने बित्तिकै खानुहोस्। अर्को चक्की चाहिं सधैं खाने समयमा खानुहोस्। यसको मतलब एकै दिनमा दुईवटा चक्की खानुपर्ने पनि हुन सक्छ।

तपाईंले ३ वटा चक्की खान बिर्सनुभयो भने सम्झिने बित्तिकै १ वटा खाइहाल्नुहोस्। अनि अर्को चाहिं हरेक दिन खाने समयमा खानुहोस्।

तपाईंले २८ वटा चक्की भएको प्याकेटबाट खाँदै हुनुहुन्छ भने हर्मोन भएको चक्की खानुहोस् र चीनी भएको चाहिं नखानुहोस्। अनि फेरि नयाँ प्याकेटबाट हर्मोन भएका चक्की खान सुरु गर्नुहोस्। तर तपाईं २१ वटा चक्की भएको प्याकेटबाट खाँदै हुनुहुन्छ भने प्याकेट सकिने बित्तिकै नयाँ प्याकेट सुरू गरिहाल्नुहोस्। तपाईंले सात दिन लगातार चक्की नखाएसम्म कन्डम प्रयोग गर्नुहोस् वा यौन सम्बन्ध नराख्नुहोस्।

तपाईंले तीन वटाभन्दा धेरै चक्की खान बिर्सनुभयो भने चक्की खान छोडेर महिनावारी हुने समयसम्म कुर्नुहोस्। चक्रको बाँकी समयको दौडान कन्डमको प्रयोग गर्नुहोस् वा यौन सम्बन्ध नराख्नुहोस्। त्यसपछि मात्र नयाँ प्याकेटबाट चक्की प्रयोग गर्न थाल्नुहोस्।

चक्की लिन बिर्सेको वा ढिलो लिएको खण्डमा महिनावारीको बेला जस्तै हल्का रक्तश्राव हुन सक्छ।

चक्की खानुपर्छ भनेर सम्झिन गाह्रो छ भने दैनिक गर्ने कामकुरा गर्दा लिने गर्नुहोस्, जस्तै: खाना पकाउन सुरू गर्दा। अथवा घाम अस्ताएको देख्‍ने बित्तिकै वा सुत्‍नुअघि चक्की खाने गर्नुहोस्। हरेक दिन देख्‍न सकिने ठाउँमा चक्की राख्नुहोस्। तैपनि चक्की खान बिर्सिरहनु हुन्छ भने (महिनाको एक पटक भन्दा धेरै) परिवार नियोजनको अर्को साधन अपनाउने विचार गर्न सक्नुहुन्छ।

तपाईंले चक्की खाएको ३ घण्टाभित्र वान्ता भयो वा धेरै झाडापखाला लाग्यो भने चक्कीले शरीरभित्र राम्ररी काम गर्नुअघि नै शरीरबाट निस्किसकेको हुन्छ। त्यसैले लगातार सात दिनसम्म चक्की नखाएसम्म यौन सम्पर्क राख्दा कन्डम प्रयोग गर्नुहोस् वा यौन सम्बन्ध नै नराख्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020427