मैले कसरी आफ्नो स्तनको जाँच गर्नुपर्छ
From Audiopedia
ऐनामा आफ्नो स्तन हेर्नुहोस्। पूरै हात टाउको माथि उठाउनुहोस्। स्तनहरूको आकारमा कुनै परिवर्तन आएको छ कि वा कतै सुन्नेको वा स्तनको मुन्टो वा रङ्ग परिवर्तन भएको छ कि, हेर्नुहोस्। त्यसपछि आफ्नो हात दायाँ-बायाँतिर राख्नुहोस् अनि फेरि स्तनहरू जाँच गर्नुहोस्।
पल्टिनुहोस्। औंलाहरू सिधा पारेर स्तनमा थिच्दै वा छाम्दै स्तनमा कुनै डल्लोहरू छ कि, हेर्नुहोस्।
स्तनको प्रत्येक भागमा छामेर जाँच गर्नुहोस्। हरेक महिना यही तरिका अपनाउँदा मदत पुग्छ।