मुटु पोल्ने समस्याले गर्दा घाँटी र छातीमा समेत पोलेको महसुस हुन्छ। यस्तो अवस्था गर्भावस्थाको अन्ततिर झन धेरै हुन्छ, विशेषगरि खाना खाएपछि वा पल्टिंदा यस्तो हुने गर्छ।
यसो हुन नदिन के गर्न सकिन्छ?
एकै पटकमा धेरै खानुभन्दा थोरै-थोरै गरेर धेरै पटक खाने गर्नुहोस्।
मसला वा चिल्लो धेरै भएको खानेकुरा नखानुहोस्।
पानी र केही नमिसाइएको अरू तरल पदार्थ धेरै पिउनुहोस्।
खाने बित्तिकै पल्टिने नगर्नुहोस्।
सुत्दा पेट भन्दा टाउको माथि उठेको हुनुपर्छ।
एक कप दूध वा दही खानुहोस्, एक गिलास पानीमा सोडा वा क्याल्सियम
कार्बोनेट राखेर पिउनुहोस् (एन्टासिड)।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.