माया गर्ने व्यक्तिले आत्महत्या गरेपछि किन आफूलाई सुरक्षित राख्‍नुपर्छ

From Audiopedia
Jump to: navigation, search

दु:खको कुरा, धेरैलाई आत्महत्याको विषयमा थाह छैन र तिनीहरू यसबारे कुरा गर्न पनि हिच्किचाउँछन्। अरु कतिपय भने अरूको भावना महसुस गर्न नसक्ने खालका हुन्छन् र चित्त दुखाउने वा क्रुर किसिमको टिका-टिप्पणी गर्छन्, जस्तै: "तिम्रो दिदीले आत्महत्या गरिन्, किनभने तिनी पागल थिइन्।" थुप्रै देशहरूमा आत्महत्यापछि परिवारले अवहेलना सहनुपर्ने हुन्छ। त्यसैले आफैलाई सुरक्षित राख्‍नु धेरै महत्त्वपूर्ण छ।

आत्महत्याबारे कोसित कुरा गर्ने भनेर होसियार हुनुहोस्। तपाईंले भरोसा गर्ने वा आफ्नो मनको बह पोख्‍न सक्ने परिवारका सदस्य र साथीहरू पक्कै हुन सक्छन्। यदि अरू मानिसले आत्महत्या भएको हल्ला सुनेर आफूले माया गर्ने व्यक्तिबारे तपाईंलाई सोधे भने र तपाईंलाई त्यसबारे कुरा गर्न मन छैन भने, यसो भन्‍न सक्नुहुन्छ: "अहिले म यसबारे कुरा गर्न चाहन्‍न।" अथवा त्यस्तै केही कुराहरू भनेर आदरपूर्वक तरिकामा अस्विकार गर्नुहोस्। तपाईंलाई त्यसबारे कुरा गर्न असजिलो लाग्छ भने कसैसित जबर्जस्ती कुरा गर्नु आवश्यक छैन।

पीडा निको हुन आफूलाई समय दिनुहोस्। तपाईंलाई समस्या निम्त्याउने जोसुकै वा जस्तोसुकै कुराबाट टाढा रहनुहोस्। आफूलाई दु:ख दिने मानिस र ठाउँबाट टाढा जानुहोस्। कसैले चित्त दुखाउने कुरा गर्छ भने सकेसम्म चाँडो त्यहाँबाट गइहाल्नुहोस्।

बिस्तारै आत्महत्याको चोट कम हुन थालेपछि र तपाईंलाई सञ्‍चो महसुस हुन थालेपछि आत्महत्याबारे समझविहीन र अरूको भावना नबुझ्‍ने व्यक्तिहरूसित कुरा गर्न सक्नुहुन्छ। तर तपाईं मानसिक र भावनात्मकरूपमा आफूलाई बलियो भइसक्यो जस्तो लागेपछि र शोक कम भइसकेपछि मात्र यसो गर्न सक्नुहुन्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020920