मानिसहरू वा समूहका सदस्यबीच कसरी भरोसा विकास गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

  • अरूले केही कुरा भनिरहेको बेला तिनको कुनै न्याय नगरी राम्ररी सुन्‍नुहोस्।
  • अरूले कस्तो महसुस गर्दै छन् भनेर बुझ्‍ने प्रयास गर्नुहोस्। आफूले त्यस्तै अनुभव गर्नुभएको थियो भने आफूले कस्तो महसुस गरेको थियो, विचार गर्नुहोस्। तर अरूले गरेको अनुभव आफूले गरेको जस्तै हो भनेर समान तरिकामा नसोच्‍नुहोस्। अरूले गरेको अनुभव तपाईंले बुझ्‍न सक्नुहुन्‍न भने बुझेको जस्तो नगर्नुहोस्। कुनै दुई व्यक्तिको एउटै खाले अनुभव हुन सक्दैन। अरूको बारेमा बुझ्‍नु पर्ने कुराहरू थुप्रै हुन्छन्।
  • के गर्ने वा के नगर्ने भनेर अरूलाई नभन्‍नुहोस्। तिनको परिवार, समाज र कामको जिम्मेवारीको दबावले तिनलाई कस्तो असर गरिरहेको छ भनेर बुझ्‍न मदत दिन सक्नुहुन्छ, तर निर्णय गर्ने जिम्मा तिनको हो। तपाईंले अरूको निर्णय गरिदिन मिल्दैन।
  • कुनै महिलालाई मदत गर्नै सकिंदैन भनेर नसोच्‍नुहोस्।
  • महिलाको गोपनीयताको कदर गर्नुहोस्। तिनले भनेका कुरा अरूलाई कहिल्यै नभन्‍नुहोस्। तिनको जीवन बचाउन भन्‍नु आवश्यक छ भने मात्र भन्‍नुपर्छ।

नयाँ मदतकारी समूह स्थापना गर्नुभन्दा पहिल्यै कुनै समूह छ भने त्यसलाई मदतकारी समूहमा परिवर्तन गर्न सजिलो हुन्छ। तर मदत गर्ने मानिसको समूह छान्‍दा होसियार हुनुहोस्। तपाईंको भावना र गोपनीयतालाई कदर गर्ने व्यक्तिसित मात्र यस्तो मदतकारी सम्बन्ध बनाउनुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011514