मानसिक समस्या हुन नदिन कसरी मदतकारी सम्बन्ध विकास गर्न सकिन्छ

From Audiopedia
Jump to: navigation, search

कसैसित मनको बह पोखाउनाले धेरै मदत पाउन सकिन्छ। मदतकारी सम्बन्ध विकास गर्नको लागि दुई जना व्यक्तिले एकअर्कालाई चिन्‍न र बुझ्‍न प्रतिबद्ध हुनुपर्छ। यस्तो कुरा जुनसुकै सम्बन्धमा हुन सक्छ, जस्तै: साथीबीच, परिवारका सदस्य वा सँगै काम गर्ने महिला वा अर्कै कुनै उद्देश्यको लागि जम्मा हुने समूह। अथवा एउटै खाले समस्या भएकाहरू मिलेर एउटा नयाँ समूह पनि बनाउन सक्छन्। यसलाई 'मदतकारी समूह' भनिन्छ।

एकअर्कालाई राम्ररी चिने तापनि मदतकारी सम्बन्ध भनेको बिस्तारै विकास हुन्छ। किनभने मानिसहरू आफ्नो समस्या अरूसित बाँड्न हिचकिचाउँछन्। यस्ता चिन्ताहरू पार गरेर एकअर्कालाई भरोसा गर्न थाल्न समय लाग्‍न सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011513