महिलाको लागि चुरोट किन अझ धेरै खतरनाक हुन् - Audiopedia
अरू समस्याहरूसँगै चुरोट पिउने महिलाहरूलाई थप यी खतरा हुन्छ:
- गर्भधारण गर्न गाह्रो हुने (बाँझोपन)
- गर्भ तुहिने र शिशु सानो वा तोकिएको समयभन्दा छिटो जन्मिने
- परिवार नियोजनको चक्की प्रयोग गर्दा समस्या हुने
- आफ्नो जीवनकालमा महिनावारी छिटो रोकिने
- अधबैंसे उमेरमा र वृद्धावस्थामा हड्डी कमजोर भएर सजिलै टुट्ने
- गर्भाशय र पाठेघरमा क्यान्सर हुने
गर्भवती महिलाले आफ्नो नजिक कसैले चुरोट पिउँदैछन् भने त्यहाँबाट टाढा जानुपर्छ। यसो गर्दा चुरोटको धुवाँले पेटमा रहेको शिशुलाई असर गर्न पाउँदैन।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010316