महिनावारी हुनुअघि हुने गाह्रो अवस्थाको म कसरी राम्ररी सामना गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

महिनावारी हुनुअघि हुने गाह्रो अवस्थाको सामना गर्ने तरिका हेरक महिला पच्छे फरक हुन्छ। कुन कुराले राम्ररी मदत गर्छ भनेर पत्ता लगाउन, महिलाले विभिन्‍न तरिका अपनाउनुपर्छ। अनि आफूलाई के गर्दा राम्रो हुन्छ त्यो थाहा पाउन सकिन्छ। पहिला तल दिइएका सुझावहरू अपनाएर महिनावारीको बेला हुने दुखाइ कम गर्ने प्रयास गर्नुहोस्।

यी तरिका पनि मदतकारी हुन सक्छन्:

  • नुन धेरै नखानुहोस्। नुनले तपाईंको शरीरभित्र चाहिने भन्दा बढी (अतिरिक्त)
 पानी जम्मा गराउँछ। यसले गर्दा तल्लो पेट फुलेको जस्तो महसुस हुन्छ र झनै 
 गाह्रो हुन्छ।
  • क्याफिन नलिनुहोस् (क्याफिन कफि, चिया वा कोका जस्ता पेय पदार्थमा
 पाइन्छ)।
  • खस्रो गहूँको पिठोको सामग्री, बदाम, ताजा माछा, मासु र दुध वा धेरै प्रोटिन
 भएका खानाहरू खाने प्रयास गर्नुहोस्। यी खानेकुरा खाएपछि यसले अतिरिक्त 
 पानी जम्मा हुनदेखि रोक्छ। यसले गर्दा तल्लो पेट त्यती फुलेको महसुस हुँदैन 
 अनि कसिएको महसुस हुन्छ।  
  • व्यायाम गर्नाले कहिलेकाहीं महिनावारी हुनुअघि देखा पर्ने लक्षणहरूको सामना
 गर्न मदत पुग्‍छ।
  • जडिबुटीबाट बनेको औषधी खाने प्रयास गर्नुहोस्। कस्तो जडीबुटीले मदत गर्छ
 भन्‍ने विषयमा छर-छिमेक वा समाजमा भएका अधबैंसे महिलाहरूलाई 
 सोध्‍नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010220