महिनावारी रोकिने बेलामा यसले मेरो शरीर र भावनालाई कसरी असर गर्छ

From Audiopedia
Jump to: navigation, search

वृद्ध हुँदै गएको एउटा संकेत भनेको महिनावारी रोकिनु हो। महिनावारी अचानक रोकिन्छ वा १ देखि २ वर्षको अवधिभित्र रोकिन सक्छ। धेरैजसो महिलाहरू ४५ देखि ५५ वर्षको उमेर बीच हुँदा तिनीहरूको महिनावारी रोकिन्छ।

संकेतहरू:

  • मासिक रक्तस्रावमा परिवर्तन आउँछ। यो पूरै रोकिन सक्छ वा केही समयको लागि धेरै रक्तस्राव हुने पनि हुन सक्छ। अथवा केही महिना रक्तस्राव रोकिन्छ र फेरि रक्तस्राव हुन थाल्छ।
  • यो समयमा तपाईंलाई अचानक धेरै गर्मी हुने वा पसिना आउने हुन्छ। यसले गर्दा रातमा ब्युँझिने हुन सक्छ।
  • तपाईंको योनी सानो हुन्छ र अलि कम भिजेको हुन्छ।
  • तपाईंको भावना छिटो परिवर्तन हुन्छ।

महिलाको अण्डाशयले अण्डाहरू बनाउन छोडेपछि शरीरले थोरै मात्रामा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन निकाल्छ। यसले गर्दा यस्ता संकेतहरू देखिन्छन्। थोरै मात्रामा एस्ट्रोजेन उत्पादन हुने अवस्था सामान्य भएपछि शरीरमा यस्ता संकेतहरू देखिन छाड्छ।

महिनावारी रोकिने बेला महिलाले कस्तो महसुस गर्छिन् भन्‍ने कुरा कहिलेकाहीं तिनको शरीरमा हुने परिवर्तन र यसको असरमा भर पर्छ। साथै अधवैंसे महिलालाई समाजमा कस्तो ठानिन्छ र तिनलाई कस्तो व्यवहार गरिन्छ भन्‍ने कुरामा पनि भर पर्छ। हरेक महिना महिनावारी नहुने भएकोले तिनलाई हल्का महसुस हुन सक्छ भने अर्को तर्फ बच्चा जन्माउन नसक्ने भएकोले तिनीलाई निराशा पनि हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010902