महिनावारी सामान्यतया लगभग २१ देखि ३५ दिनभित्रमा हुने गर्छ। दुई महिनावारीबीचको दुरी लामो भए तापनि यो सामान्य नै हुन सक्छ। महिनावारी हुँदै-हुँदैन भने कहिलेकाहीं कुनै स्वास्थ्य समस्या भएको वा तपाईं गर्भवती भएको हुन सक्छ।
सम्भाव्य कारणहरू:
गर्भवती भएको हुन सक्छ।
गर्भ तुहिएको हुन सक्छ।
अण्डाशयले अण्डा नबनाएको हुन सक्छ।
मलेरिया, क्षयरोग, वा एच.आइ.भि को संक्रमण जस्ता कुनै गम्भीर रोगका कारण
पनि हुन सक्छ।
तपाईंको उमेर ४० वा ४५ वर्षभन्दा धेरै छ भने तपाईंको महिनावारी बन्द हुने
बेला भएको हुन सक्छ।
गर्भनिरोधक चक्की, शरीरमा राखिने गर्भनिरोधक सामाग्री, वा सुई जस्ता परिवार नियोजनका विधिहरू अपनाइएकोले गर्दा पनि अनियमित तरिकामा महिनावारी हुन सक्छ।
पोषणको अभावले गर्दा पनि महिनावारीमा परिवर्तन आउन सक्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.