महिनावारीको बेला हुने दुखाई कम गर्न म के गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

महिनावारीको बेला बाक्लो रगतको तहलाई धेकेलेर बाहिर निकाल्न पाठेघर खुम्चिन्छ। यसरी पाठेघर खुम्चिंदा तल्लो पेट वा कम्मर दुख्‍ने हुन्छ। यसलाई बौंडिने पनि भनिन्छ। यस्तो खालको दुखाई रगत बग्‍नुअघि वा रगत बग्‍न सुरु हुने बित्तिकै हुन सक्छ।

यस्तो अवश्थामा के गर्ने:

  • तल्लो पेटमा हातले रगड्नुहोस्। यसो गर्दा कडा भएको मांशपेशी नरम हुन्छ।
  • प्लास्टिकको बोतल वा अन्य कुनै भाँडोमा तातो पानी भरेर तल्लो पेट वा
 कम्मरमा राख्नुहोस्। अथवा बाक्लो कपडा तातो पानीमा भिजाएर अनि निचोरेर 
 प्रयोग गर्नुहोस्।
  • बुढी औंला र चोर औंलाको बीचको भागमा बेस्सरी थिच्दा आराम हुन सक्छ।
  • ऐंसेलुको पात, अदुवा वा कामोमाइलको चिया पिउनुहोस्। आफ्नो छर-छिमेकमा
 भएका महिलाहरूलाई यस्तो दुखाई कम गर्ने चिया वा अन्य उपायबारे थाह हुन 
 सक्छ। 
  • दिनहुँ गर्नुपर्ने काम गरिरहनुहोस्।
  • व्यायाम गर्ने र हिंड्ने गर्नुहोस्।
  • दुखाई कम गर्ने हल्का (कडा होइन) औषधी लिनुहोस्। महिनावारीको बेला हुने
 दुखाई कम गर्न इबुप्रोफेनले पनि राम्रो काम गर्छ।
  • तपाईंको महिनावारीको बेला धेरै रगत बग्छ र कुनै उपायले पनि काम गरेन भने
 ६ देखि १२ महिनासम्म थोरै मात्रामा गर्भनिरोधक चक्की खाने गर्‍यो भने पनि 
 मदत पुग्‍न सक्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010218