महिनावारीको बेला म आफ्नो ख्याल कसरी राख्‍न सक्छु

From Audiopedia
Jump to: navigation, search

कपडा पट्याएर वा सुतीको कपडा बाक्लो बनाएर योनीमा राख्दा बगेको रगत सोसिन्छ। त्यसैले धेरैजसो महिलाहरू यसलाई प्याडको रूपमा प्रयोग गर्न रूचाउँछन्। यस्तो प्याडलाई पेटीले, पिनले अट्काएर वा भित्री वस्त्रले (कट्टुमा) च्यापेर राखिन्छ। हरेक दिन धेरै पटक प्याड फेर्नुपर्छ र त्यसलाई पुनः प्रयोग गर्ने हो भने साबुन पानीले राम्ररी धुनुपर्छ।

केही महिलाहरूले कपास, कपडा वा स्पन्जलाई लामो (सोस्‍ने कुरा) बनाएर वा किनेर योनीको भित्र राख्‍ने गर्छन्। त्यसलाई टाम्पोन्स् भनिन्छ। यदि तपाईं टाम्पोन्स् प्रयोग गर्नुहुन्छ भने हरेक दिन कम्तिमा दुई पटक फेर्नुहोस्। एउटै टाम्पोन्स लामो समय प्रयोग गर्नाले गम्भीर संक्रमण हुन सक्छ।

यौन अङ्ग वरिपरि लागेको रगत हटाउन हरेक दिन पानीले धुनुहोस्। यदि मिल्छ भने हल्का साबुन प्रयोग गर्नुहोस्। महिनावारीको बेला नुहाउँदा स्वास्थ्यमा फाइदा पुग्छ।

तपाईं आफ्नो दैनिक गतिविधिहरू सधैं गरेजस्तै गर्न सक्नुहुन्छ। महिनावारीको बेला व्यायाम गर्दा केही महिलाहरूले दुखाइ कम भएको महसुस गरेका छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010114